Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘रेमिटेन्सलाई बैंकिङ च्यानलबाट भित्र्याउन आवश्यक’

२०७९ बैशाख २१ गते

बैंकिङ खबर/ नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिटेन्सलाई बैंकिङ च्यानलबाट भित्र्याउनुपर्नेमा जोड दिनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले वैदेशिक रोजगारका लागि विदेश जाने नेपालीको लेखाजोखा राख्नुपर्ने बताउनुभयो ।

बर्सौदेखि कर तिर्ने उधोगले लोडसेडिङको कारण खेप्नु पर्ने दुःख सरकारले तत्काल समाधान गर्नुपर्ने पनि उहाँको भनाइ छ । व्यापारघाटा कम गर्न आयात घटाउनुपर्ने आवश्यक भएको उहाँले बताउनुभयो । सरकारले पर्यटन क्षेत्रमा राज्यले हेलचेक्रयाई गरेको भन्दै यो क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर कम गर्न पनि उहाँले सुझाव दिनुभयो ।

Ad