Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकबाट धमाधम रकम बाहिरिँदै, दुई हप्तामा १८ अर्ब बाहिरियो

२०७९ बैशाख १८ गते


बैंकिङ खबर/ चुनाव नजिकिँदै जाँदा बैंकबाट धमाधम पैसा बाहिरिँदै गएको छ । अर्थात् चुनावकै कारण व्यक्तिहरुले बैंकबाट धमाधम पैसा झिक्न थालेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चुनावी माहोल बनेसँगै बैंकहरुबाट १८ अर्ब रुपैयाँ बाहिरिइ सकेको छ । यस्तो रकम २७ वटा वाणिज्य बैंकबाट वैशाख २ देखि १४ गतेसम्म जम्मा १२ दिनको अन्तरालमा झिकिएको राष्ट्र बैंकले जनाएको छ ।

वैशाख २ गते बैंकहरुमा कुल ४३ खर्ब ७७ अर्ब रुपैयाँ तरलता रहेकोमा १४ गतेसम्म आइपुग्दा घटेर ४३ खर्ब ५९ अर्ब रुपैयाँमा झरिसकेको छ । जसले कर्जा प्रवाहमा समस्या परेको छ ।

वैशाख २ गते कुल ४१ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले १४ गतेसम्म आइपुग्दा करिब ४ अर्बले लगानी घटाउँदै ४१ खर्ब ९१ अर्ब मात्र गरेका छन् । यसले उत्पादनशील क्षेत्रमा जाने लगानीसमेत रोकिने अवस्था बनेको छ ।

 

Ad