Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

अजोड इन्स्योरेन्सको सीईओमा पुनः खत्री

२०७९ बैशाख १६ गते

बैंकिङ खबर/ अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुमार बहादुर खत्री पुनः नियुक्त हुनुभएको छ । इन्स्योरेन्स कम्पनीको वैशाख १५ गते सम्पन्न सञ्चालक समितिको १०४ औं बैठकले खत्रीलाई आगामी चार वर्षका लागि पुनः नियुक्ति गर्ने निर्णय गरेको हो ।

कम्पनी सञ्चालक समितिको सिईओ बनाउने निर्णय स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय पनि सोही बैठकले गरेको छ । समितिले स्वीकृति दिएमा खत्री २०८३ वैशाखसम्म अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारीको रुपमा कार्यभार सम्हाल्नुहुनेछ ।