Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एक वर्षमा भएका बैंक, वित्त सम्बन्धी कानूनी तथा कार्यविधि तर्जुमा र सुधार

२०७९ बैशाख १६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले २०७८ मा बैंक, वित्त सम्बन्धी कानूनी तथा कार्यविधि तर्जुमा र सुधार ल्याएको छ । राष्ट्र बैंकमा अनुसार २०७८ मा लिज फाइनान्स, वित्तीय ग्राहक संरक्षण कानुन र एसेट म्यानेजमेन्टसम्बन्धी कानुनको मस्यौदा तयार भएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को तेस्रो संशोधनको मस्यौदाको अतिरिक्त प्रस्ताव र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को पहिलो संशोधन अतिरिक्त प्रस्ताव नेपाल सरकारसमक्ष पेस गरिएको छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को संशोधन प्रस्ताव, वित्तीय सम्पत्ति पुनर्संरचना तथा धितोपत्रीकरण (सेक्युरिटाइजेसन) सम्बन्धी कानुन मस्यौदाको चरणमा रहेको छ ।

मौद्रिक तथा तरलता व्यवस्थापनलाई थप प्रभावकारी तवरले सञ्चालन गर्न ‘नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली, २०७१’ खारेज गरी ‘नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली २०७८’ जारी गरिएको छ । साथै, ‘निक्षेप सङ्कलन उपकरणसम्बन्धी कार्यविधि, २०७७’, ‘ब्याजदर कोरिडोरसम्बन्धी कार्यविधि, २०७६’ र ‘स्थायी तरलता सुविधासम्बन्धी कार्यविधि, २०७३’ खारेज गरी एकीकृत रुपमा ‘नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८’ कार्यान्वयनमा ल्याइएको छ । बैंकको कार्यसम्पादनलाई व्यवस्थित गर्न ‘नेपाल राष्ट्र बैंक सुरक्षा व्यवस्था सञ्चालनसम्बन्धी कार्यविधि, २०७८’, ‘सरूवा नीति, २०७८’, ‘पदपूर्ति समितिको बैठकसम्बन्धी कार्यविधि, २०७८’, ‘नेपाल राष्ट्र बैंक सेवा पुरस्कारसम्बन्धी कार्यविधि, २०७८’ र ‘विद्युतीय सूचना व्यवस्थापन एकीकृत कार्यविधि, २०७८’ लागू गरिएको छ ।

‘नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन २०७४)’ मा समसामयिक संशोधन गर्न ‘नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली संशोधन एवम् परिमार्जन सिफारिस समिति’ गठन गरी विनियमावली संशोधन एवम् परिमार्जनको प्रक्रिया अगाडि बढाइएको छ । ‘नेपाल राष्ट्र बैंक सहयोगी सेवाका लागि करारमा लिनेसम्बन्धी कार्यविधि, २०७७’ मा संशोधन गरिएको छ । साथै, ‘नेपाल राष्ट्र बैंक,

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारलाई निवारण गर्नेसम्बन्धी कर्मचारी आचारसंहिता, २०७८’ लागू गरिएको छ । कोभिड–१९ संक्रमण जोखिमको व्यवस्थापन र बैंकको सेवा सुचारू राख्ने कार्ययोजना, २०७७ (दोस्रो संशोधन) मा थप व्यवस्था गरी संक्रमणको जोखिम व्यवस्थापन गर्दै बैंकको सेवा सुचारू राख्ने कार्य जारी छ । साथै, बैंकमा प्रयोगमा रहेका सूचना प्रविधि प्रणालीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि

Active Directory System सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ र Olympic Banking System सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ तयार गरी कार्यान्वयनमा ल्याइएको छ ।

Ad