Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकको ६७ औँ वार्षिकोत्सवको अवसरमा विराटनगरमा प्रभातफेरी

२०७९ बैशाख १६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले बैंकको ६७ औँ वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल राष्ट्र बैंक विराटनगरका सहायक निर्देशक निर्जल घिमिरेको संयोजकत्वमा सञ्चालित उक्त प्रभातफेरी कार्यक्रममा वित्तीय चेतनामुलक प्लेकार्ड तथा ब्यानर सहित नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका निर्देशक तथा कर्मचारीहरुका साथै प्रदेश नं. १ स्थित बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, प्रदेश प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नेपाल राष्ट्र बैंक विराटनगरबाट विहान ६ः३० मा शुरु भएको प्रभातफेरी कार्यक्रम हनुमान मन्दिर, गोल्छा चोक, सिडियो कार्यालय, हस्पिटल चोक हुँदै पुनः नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयमा पुगि समापन भएको थियो ।

प्रभातफेरीमा सहभागीहरुलाई नेपाल राष्ट्र बैंक विराटनगरका कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Ad