
बैंकिङ खबर/ मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा वृद्धि भएको छ । लघुवित्तले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको प्रकाशित गरेको अपरिष्कृत वित्तिय विवरण अनुसार नाफा बढेको देखिएको हो ।
संस्थाको खुद नाफा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ३४ करोड १५ लाख कमाएको छ। गत वर्ष यहिँ अवधिसम्म कम्पनीले २९ करोड ६५ लाख कमाएको थियो। कम्पनीले नाफा १५.२०५ प्रतिशतले बढाएको हो।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ८० करोड ९१ लाख खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यहिँ अवधिसम्म कम्पनीले ५७ करोड १४ लाख कमाएको थियो। प्रति शेयर आम्दानी ईपीएस ३७ रुपैयाँ ९५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६०.४१ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात (पि ई रेसियो) २५.९० गुणा रहेको छ ।
हेर्नुहोस् विस्तृतमा