Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

हिमालयन र इन्भेस्टमेन्ट बैंकलाई कारबाही, शेयरधनीको कारोबार र लाभांश रोक्का

२०७९ बैशाख १४ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले हिमालयन र इन्भेस्टमेन्ट बैंकलाई कारबाही गरेको छ । मर्जर तोडेको भन्दै कारबाही स्वरुप दुवै बैंकका आधारभूत शेयरधनीको कारोबार र लाभांश रोक्का गरेको हो । गत वर्षको बैशाख ३० गते मर्जरमा जाने सहमति गरेका ती दुई बैंक करिव एक वर्षमा पनि मर्जरमा नगएपछि राष्ट्र बैंकले कारबाही स्वरुप दुवै बैंकका आधारभूत शेयरधनीको कारोबार र लाभांश रोक्का गरेको हो ।

दुवै बैंकलाई यथाशीघ्र अरु कुनै वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जान पनि भनेको छ । ती दुवै बैंक अब अर्को बैंकसँग मर्जर वा एक्विजिसनमा जानु पर्ने भएको छ ।

यता इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएपछि हिमालयन बैंकले अर्को वाणिज्य बैंकसँग मर्जरको प्रक्रिया अगाडि बढाएको छ । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाका अनुसार राष्ट्र बैंकको निर्देशनअनुसार अर्को वाणिज्य बैंकसँग मर्जरको प्रक्रिया अगाडि बढाइने छ ।

उहाँका अनुसार राष्ट्र बैंकको निर्देशनअनुसार अर्को बैंकसँग मर्ज गर्नुपर्ने बाध्यता छ । आर्थिक वर्षभित्र मर्जरको सम्झौता गर्ने उहाँले बताउनुभयो । त्यसका लागि २/३ वटा बैंकसँग घनिभूत छलफल भइरहेको उहाँको भनाइ छ ।

Ad