Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

उन्नति सहकार्य लघुवित्तका सिइओ पाठकलाई ‘आर्थिक विकास सेवा सम्मान’

२०७९ बैशाख ११ गते


बैंकिङ खबर/ उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठक ‘आर्थिक विकास सेवा सम्मान’ बाट सम्मानित हुनुभएको छ ।

उहाँले लघुवित्त क्षेत्रको विकास र सामाजिक सेवामा पुर्‍याउनुभएको उच्च योगदानको कदर गर्दै फोकस नेपाल संस्थाले सम्मान गरेको हो । उहाँलाई नयाँ वर्ष तथा लोकतन्त्र दिवस २०७९ को अवसरमा आयोजित विशेष समारोहमा सम्मान गरिएको संस्थाले जनाएको छ ।

Ad