Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वाणिज्य बैंकको ‘नेट ट्रेडिङ इन्कम’ २४.०६ प्रतिशतले कमी

२०७९ बैशाख ९ गते

बैंकिङ खबर/ वाणिज्य बैंकहरुको ‘नेट ट्रेडिङ इन्कम’ मा २४.०६ प्रतिशतले कमी आएको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षापछि एकीकृत निर्देशिका जारी गर्दै वाणिज्य बैंकले सेयर बजारमा अल्पकालिन लगानी गर्न नपाउने र लघुवित्त वित्तीय संस्थाको सेयर किन्न नपाउने व्यवस्था गरेको थियो । सोहि कारण वाणिज्य बैंकको ‘नेट ट्रेडिङ इन्कम’ घटेको हो । राष्ट्र बैंकले गरेको उक्त नीतिगत व्यवस्थाको असर वाणिज्य बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा पनि परेको छ ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय व्यवस्था अनुसार गत आवको चैत मसान्तमा बैंकहरुले ८ अर्ब ५० करोड ३८ लाख ८७ हजार रुपैयाँ नेट ट्रेडिङ इन्कम गरेका थिए । जबकी चालु आवको सोही अवधिमा आइपुग्दा यस्तो आम्दानी ६ अर्ब ४५ करोड ७४ लाख ७१ हजार रुपैयाँ मात्रै छ । समीक्षा अवधिमा २७ मध्ये १७ वटा बैंकको नेट ट्रेडिङ इन्कम घटेको छ भने बाँकी १० वटा बैंकको बढेकोे छ ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय व्यवस्था अनुसार सिद्धार्थ बैंक, लक्ष्मी बैंक, एनएमबी बैंक, नेपाल बैंक, मेगा बैंक, सिटिजन्स बैंक, प्राइम बैंकको यस्तो आम्दानी घटेको छ । साथै, एसबीआई बैंक, माछापुच्छे« बैंक, प्रभु बैंक, बैंक अफ काठमाण्डू, एनआईसी एशिया बैंक, सिभिल बैंक, नेपाल बंगलादेश बैंक, सेञ्चुरी बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको घटेको छ ।

नेट टरुडिङ इन्कम बढेका बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंक, स्टयान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, नबिल बैंंक, सानिमा बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, सनराइज बैंक र एनसिसी बैंक छ । राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न नपाइने व्यवस्था गरेको थियो ।

Ad