Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थानद्वारा ३ दिने व्यवसायिक बाख्रापालन तालिम संचालन

२०७९ बैशाख ८ गते


बैंकिङ खबर/ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय दोधारा चांदनीले ३ दिने व्यवसायिक बाख्रापालन तालिमको सम्पन्न गरेको छ ।  तालिमको  दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख बीर बहादुर सुनारले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाको १ देखि १० नं. वडा अन्र्तगतका संस्थामा आबद्ध ३० जना सदस्यहरुको साथै भद्रभलादमीहरुको समेत उपस्थितिकाबीच कार्यक्रम संचालन भएकोे थियो ।

कार्यक्रममा नगर प्रमुख बीर बहादूर सुनारले अप्ठारोमा परेका जनतालाई निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक तथा सामाजिक क्षेत्रमा ठुलो सहयोग पुगेको बताउनुभयो । ग्रामिण क्षेत्रका लक्षित वर्गसम्म प्रभावकारी रुपले वित्तीय तथा गैरवित्तीय सेवाप्रदान गरी विपन्नलाई आत्मनिर्भर बनाई लघुउद्यमी र साना उद्यमीमा परिणत गर्न सहयोग पुरयाई रहेकोमा धन्यवाद ब्यक्त गर्नुभएको थियो । ।

उक्त कार्यक्रममा शाखा प्रबन्धक जीत नारायण चौधरीले आफ्ना ग्राहक सदस्यलाई परियोजना अनुसार १० देखि १५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको र बचततर्फ अधिकतम १२ प्रतिशत सम्म ब्याजदिने गरेको बताउनुभयो । यसैगरी दलित, मुक्तकमैया, बादी, हलिया, द्घन्द पिडित, एकलमहिला, अपाङ्ग तथा जेष्ठ नागरिक सदस्यलाई कर्जाको ब्याजदरमा थप १ प्रतिशत सहुलियत रहेको बताउनुभयो । व्यवसायिक रुपमा काम गर्न खोज्ने ग्राहक सदस्यलाई लघुउद्यम कर्जा समेत उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । प्रबन्धक चौधरीले संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कर्जा बीमा, सुत्केरी पोषण, आगलागी, पहिरो तथा बाढीपीडित सदस्यलाई आर्थिक राहत सहयोग र ग्राहकतथानिजको परिवारमा गम्भीर रोगबाट पीडित हुँदा आर्थिक राहत सहयोग लगायतका सुविधा दिँदै आएको बताउनुभयो ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित पिछडिएका विपन्न परिवारका महिलाहरूलाई समूहमा आवद्ध गराई विनाधितो र बयस्क सदस्यलाई लघुउद्यम कर्जा लगानी गर्ने, ग्राहक सदस्यहरूलाई सुत्केरी स्याहार खर्च, प्राकृतिक प्रकोप आगलागि, बाढी, पहिरो, भुकम्प, हावाहुरी प्रभावित ग्राहक सदस्यहरूलाई आर्थिक अनुदान÷राहत, ग्राहक सदस्य, ग्राहक सदस्यकापति छोराछोरीलाई गम्भीर प्रकृतिका रोग लागेमाआर्थिक अनुदान-राहात, सदस्यलाई पाठेघरको शल्यक्रिया गरेको अवस्थामा आर्थिक अनुदान-राहात र ऋणी सदस्यतथा संरक्षक (पति) को मृत्यु हुँदाआर्थिक सहायता उपलब्ध गराई ऋणको अतिभारबाट मुक्त गराउँदै आएको छ । साथै संस्थाले सीपमूलकतालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता, व्यवसायिक साक्षरता र सचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै ग्राहक सदस्यहरूको आर्थिक, शैक्षिक, सामाजिक, बौद्धिक विकासमा टेवा पु¥याउँदै आएको छ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था सामाजिक रुपान्तरणमा तीन दशकदेखि निरन्तर अगाडि बढिरहेको छ । यस शाखाले कञ्चनपुर जिल्लकाो दोधारा चाँदनी नगरपालिकामा करीब दुई हजार सात सय सदस्यलाई कर्जा बचत सेवा प्रदान गर्दै आएको छ । हाल संस्थाले देशको ७७ वटै जिल्लालाई कार्यक्षेत्र बनाई १८१ वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेकाे छ ।