बैंकिङ खबर । बिएमटीआई बैकिङ करियर बनाउन चाहानेका लागि गतिलो माध्यम बन्दै गएको छ । विशेषगरी व्यबस्थापन तर्फ अध्ययन गर्दै गरेका र बैंकिङ क्षेत्रलाई रोजगारीको माध्यम बनाउन चाहानेका लागि बीएमटीआई एउटा गतिलो माध्यम बन्ने गरेको हो । यो पूर्णतया बैंकिङ जव ओरिन्टेशन कक्षा दिने र विद्यार्थीलाई बैकसम्म पुर्याउने म्यानेजमेन्ट ट्रेनिङ इन्सिच्यूट हो ।
आज धेरै मानिसहरु बैंकमा रोजगारी गर्न इच्छुक छन् । अधिकांश विद्यार्थीहरुले कमर्श पढेका छन् । ती व्यक्तिलाई बैंकमा रोजगारीसम्म पु¥याउने एउटा पुलको काम गर्दै आएको छ बिएमटिआई । विद्यार्थीलाई बैंकिङसम्बन्धी ज्ञान बढाउन पनि यसले महत्वपूर्ण भुमिका खेलेको छ । पढाइ सकेर जब गर्छु भन्नु त्यो गलत मानसिकता हो ।
बैंक तथा वित्तमा जब गर्नका लागि प्लस २ उर्तीण सबैभन्दा राम्रो समय मानिन्छ । प्लस टुको सर्टिफिकेट भएपछि ब्याचलर पढ्दै गर्दाको समय भनेको बैंक तथा वित्तीय क्षेत्रमा रोजगारी गर्नै अति उत्तम समय हो । अर्को कुरा भनेको मानिसले पढिसकेपछि जागिर खाने होइन कि पढ्दै जागिर खाने गर्नु त्यो अति उत्तम हो । यहाँ बैंकिङ जब ओरियन्टेड क्लास हुन्छन् ।

रोजगारी कै लागि विशेष फोकस गरिन्छ । यसमा जम्मा ५ दिनको कोर्स हुन्छ । जसले गर्दा थोरै समयमा महत्वपूर्ण ज्ञान आर्जन गर्न सकिन्छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत महत्वपूर्ण व्यक्ति तथा विज्ञ र केन्द्रीय बैंकका व्यक्तिबाट प्रशिक्षण हुन्छ । प्रशिक्षण अन्तरक्रियात्मक प्रस्तुतीमा हुन्छ भने विद्यार्थीलाई आबश्यक पर्ने अध्ययन सामग्री पनि उपलव्ध हुन्छन् । साथै बैंकिङ क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरु, सरकारी बैंकमा जागिर खाएका व्यक्तिहरुबाट तालिम प्रदान हुन्छ ।
बैंकमा कसरी जागिर खाने ? जागिर खानका लागि केके आवश्यक पर्छ ? बैंकले के कस्ता गुण भएको व्यक्ति चाहन्छ ? बैंकले कस्तो खालको मानिसलाई बढी फोकस गर्दछ ? कुन वर्ग समुहको मानिसलाई बढी प्राथमिकता दिन्छ ? बढी अबसर कहाँ छ ? भन्ने कुराको बारेमा जानकारी प्रदान हुन्छ ।
त्यसो त बिएमटीआईले जानकारी गर्ने र प्रशिक्षण दिने मात्र नभएर यसले विद्यार्थी र बैंकबीच पुलको काम पनि गर्दछ । कुनै बैंकको मानिसले प्रशिक्षणकै क्रममा सबै गुणहरु भएको प्रशिक्षार्थी भेटेमा उसलाई रोजगार दिन पनि सक्छ । बैंकमा कुनै मानिसले आवेदन कसरी दिने भन्ने कुरा तालिमबाट नै जानकारी प्राप्त गर्न सकिन्छ । बीएमटीआई विभिन्न बैंकरहरु, बैंकिङ एक्पो कार्यक्रमको अर्गनाइजर टिममा पनि आबद्ध छ । जसले बैंकिङ क्षेत्रका सूचनाहरु बढी प्राप्त हुने ठाउँ भएका कारण कुनै पनि बैंकमा रोजगारी खुल्ने वित्तीकै सूचना इमेल मार्फत विद्यार्थीसमक्ष जानकारी दिने गर्दछ । बिएमटिआईले सहजिकरण गर्दै रोजगारीको प्रयास गर्ने छ ।
यो सहजिकरण गर्ने संस्था हो तर तालिम दिएर रोजगारी प्रदान गर्ने संस्था भने होइन । बिएमटिआईमा ५ दिनको कोर्समा के के कुरा सिक्न सकिन्छ ? नेपालको बैंक तथा वित्तको अवस्था, बैंक तथा वित्तमा जागिर खानको लागि के के कुरा महत्वपूर्ण हुन्छ, अन्र्तवार्तामा कसरी फेस गर्ने र कस्ता खालका प्रश्नहरु अन्तरवार्तामा सोधिन्छ ? सरकारी बैंकको अबसर के कस्ता छन् ? राष्ट्र बैंकमा कसरी प्रवेश गर्ने ? तथा प्राइभेट बैंकमा जागिर खानका लागि के के आवश्यक पर्छ भन्ने जस्ता जब ओरियन्टेड कुराहरुको बारेमा ज्ञान तथा जानकारी प्राप्त गर्न सकिन्छ । जुन ठाउँ नयाँ मुहारका लागि बैंकिङ क्षेत्रमा प्रवेश गर्ने राम्रो माध्यम बिएमटीआई बन्न सक्छ ।
यसका लागि www.bmti.com.np ०१-५९०८९११ वा ९७४१८०३६०० मा सम्पर्क गर्न सकिन्छ ।




