Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सिवाईसी नेपाल लघुवित्तकाे खुद नाफामा उल्लेख्य सुधार, यस्ता छन् मुख्य वित्तीय सूचक

२०७९ बैशाख ५ गते

बैंकिङ खबर/ सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ९ करोड ९९ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिसम्मको तुलनामा १०९.४१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म संस्थाले ४ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि १०१.१७ प्रतिशतले बढेर ८ करोड ७२ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ४ करोड ३३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ५५.३१ प्रतिशतले बढेर १५ करोड ७७ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १० करोड १५ लाख रुपैयाँमा सीमित थियो।

चुक्तापुँजी ८ करोड २१ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म १ अर्ब ४६ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले १५ करोड ५६ लाख रुपैयाँ सापटी लिई १ अर्ब ४६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यो अवधिमा संस्थाले रिजर्भको आकार २३७.१६ प्रतिशतले बढेर ३० करोड ४ लाख रुपैयाँमा उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा ८ करोड ९१ लाख रुपैयाँ रहेको थियो। संस्थाले खराब कर्जा दर (एनपीएल) घटाएर १.९७ प्रतिशत झारेको छ। गत वर्ष एनपीएल ४.६७ प्रतिशत थियो।