April 12th, 2022

आईएमई जनरल इन्स्योरेन्सका सीईओ युगेशभक्त म्यानद्वारा सम्मानित


बैंकिङ खबर/ नेपाल व्यवस्थापन संघ (म्यान) ले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलाई आउटस्ट्यान्डिङ म्यानेजमेन्ट अवार्ड–२०२२ बाट सम्मान गरेको छ ।

सम्मानित श्रेष्ठले म्यानलाई धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ-आफ्नो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण ग्राहकवर्ग, सेयरधनी, कर्मचारी, नियामक निकायहरु, सम्पूर्ण सञ्चारमाध्यमलगायत सबैमा कृतज्ञता ज्ञापन गर्नुभयो ।

श्रेष्ठले यस सम्मानबाट आफूहरुलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्ने बताउनुभयाे ।  

समाहरोहमा श्रेष्ठले यस सम्मानबाट हामीलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा कम्पनीले प्रदान गर्नेसेवालाई अझै परिस्कृत गर्दै डिजिटलमाध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्ने जानकारी दिनुभयो ।

श्रेष्ठले आफू जहिले पनि समूहमा विश्वास गर्ने भएको हुनाले आगामी दिनहरुमा पनि यसरी नै सबै क्षेत्रबाट साथ र सहयोग प्राप्त भईनेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]