Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकको प्रतिवदेनः बैंक ब्याजदर ह्वात्तै बढ्यो

२०७८ चैत्र २९ गते


बैंकिङ खबर/ चालु आर्थिक वर्षमा बैंकहरुको ब्याजदर ह्वात्तै बढेको देखिएको छ ।  केन्द्रीय बैंकले आज चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय अवस्था सार्वजनिक गर्दै बैंक ब्याजदर ह्वात्तै बढेको देखाएको हो । 

राष्ट्रबैंकका अनुसार वाणिज्य बैंकहरुको औसत आधार दर २०७७ फागुनमा ६.८४ प्रतिशत रहेकोमा २०७८ फागुनमा ८.९८ प्रतिशत कायम भएको छ । २०७८ फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.९३ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १०.६० प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ४.७६ प्रतिशत र ८.७३ प्रतिशत रहेका थिए । यस्तै, २०७७ फागुनमा ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर २.०३ प्रतिशत रहेकोमा २०७८ फागुनमा ६.८२ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ फागुनमा १.२६ प्रतिशत रहेकोमा २०७८ फागुनमा ६.५६ प्रतिशत रहेको छ । 

मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने भारित औसत अन्तर–बैंक (बैंक तथा वित्तीय संस्था) ब्याजदर २०७८ फागुनमा ६.५६ प्रतिशत रहेको छ । अघिल्लो बर्षको सोही महिनामा यस्तो ब्याजदर १.२६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । 

Ad