
बैंकिङ खबर/ गैरआवासीय नेपालीहरुले एक हजार डलर नेपाल पठाउने भएका छन् । नेपालको डलर अभाव पुर्ती गर्न उनीहरुले छिट्टै नेपालका बैंकमा एक हजार डलर पठाउने भएका हुन् । विदेशी मुद्रा (डलर) को समस्या समाधानमा सघाउन उनीहरुले नेपाली बैंक खातामा डलर पठाउने प्रतिवद्धता जनाएका हुन् । संघका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले विदेशी मुद्रा (डलर)को कमीलाई कम गर्न अर्थमन्त्री तथा राष्ट्र बैंकका पदाधिकारीसँग छलफल गरेका थिए ।
एनआरएनएले विदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर एकाउन्ट खोल्न अनुरोध गर्ने र एकाउन्टबाट कम्तीमा एक हजार डलर सम्बन्धित देशको बैंकमार्फत नेपालमा ट्रान्सफर गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
विदेशबाट अनलाइनमार्फत डलर एकाउन्ट खोल्दा आइपर्ने प्राविधिक समस्या, डलर डाइरेक्ट पठाउँदा, नेपालमा डलर एकाउन्ट खोलेर बचत गर्दा र आवश्यक परेको बेलामा उक्त रकम फिर्ता लग्दा देखिने समस्या समाधान गर्न सरकारसँग माग गरेको छ । त्यस्तै, गैरआवासीय नेपालीका लागि मौद्रिक नीतिमा भएका समस्याको बारेमा अध्ययन गर्ने भएको छ ।