
बैंकिङ खबर/ मेरो माइक्रोफाइनान्स लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय रामपुर्वा, कोल्हवी, बाराले नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
संगठनात्मक सामाजिक उतरदायित्व अन्तर्गत बाराको बारागढी गाउँपालिका वडा नं. ५, चरवन्तपथरामा रहेका उक्त विद्यालयमा अध्ययनरत बालविकाश देखि कक्षा ३ सम्मका १ सय ४२ जना विद्यार्थीलाई संस्थाले छात्रवृत्ती स्वरुप शैक्षिक सामग्रीहरु (व्याग, कोपी तथा पेन्सिल)वितरण गरिएको हो ।
कार्यक्रमलाई सफल पार्न संस्थाका कार्पोरेट कार्यालयबाट नायव प्रमुख कार्यकारी अधिकृत नवराज दहाल, विभागीय प्रमुख माद्यव न्यौपाने तथा बारागढी गा.प. प्रमुख देवदत बछार थारु, उपप्रमुख लक्ष्मी देवी राय, प्रमुख प्रशासीय अधिकृत अमोद प्रसाद चौधरी एवं शिक्षा एकाई प्रमुख जालमती चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुरारी प्रसाद चौधरी, मेरोमाइक्रो फाइनान्स लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय रामपुर्वा, कोल्हवी, बाराका शाखा प्रबन्धक राजकिशोर प्रसाद यादवलगायत संस्था र विद्यालयका कर्मचारी, अभिभावकको उपस्थिति रहेको थियो ।


