
बैंकिङ खबर/ सरकारले ८ महिनाको आर्थिक सूचक सार्वजनिक गर्नुभएको छ । अर्थमन्त्री जनार्दन शर्माले सोमबार आयोजित पत्रकार सम्मेलनमा आर्थिक सूचक सार्वजनिक गर्नुभएको हो ।
उहाँका अनुसार असार मसान्त २०७८ सम्म १३९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति १६।२ प्रतिशतले कम भई फागुन मसान्त २०७८ सम्म ११७१ रुपैयाँ कायम भएको छ । उक्त सञ्चिति करिब ६.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको देखिन्छ ।