बैंकिङ खबर/ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय टिकापुरले तीन दिने बाख्रापालन तालिम संचालन गरेको छ । लुघवित्तले आफ्ना ग्राहक सदस्यहरुको आय स्तरवृद्धिमा टेवा पुर्याई आर्थिक रुपले सक्षम बनाउनका लागी बिहीबारदेखि तालिम शुरु गरेको हो । २६ गतेसम्म हुने ३ दिने व्यवसायीक बाख्रापालन तालीमको बिहीबार एक कार्यक्रमकाबीच टिकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गंगाराम आचार्यले उद्घाटन गर्नुभएको छ ।
प्रमुख अतिथिको आचार्यले सहभागीहरुलाई तालिममा सिकेको सीपलाई व्यवहारमा उतारी आर्थिक रुपले सक्षम हुन सहभागीलाई आग्रह गर्नुभयो । आफ्नो अनुभव सुनाउँदै बाख्रापालन गर्दा फरक हावा पानिका कारण बाख्राहरु मरेको सुन्नमा आएको हुँदा स्थानीय हावा पानि सुहाउँदो बाख्रापालन गर्न सुझाव समेत प्रदान गर्नु भएको थियो ।

क्षेत्रीय कार्यालय अत्तरीयाका कार्यक्रम अधिकृत बुद्धि प्रकाश घिमिरेले संस्थाको कार्यक्रमको बारेमा जानकारी गराउँदै सहभागीहरुलाई आफुले लिएको कर्जाको सदुपयोग गरि पारीवारीक आय स्तर बृद्धि गरि अगाडि वढन र तालीममा सिकेको सिपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई उत्प्रेरणा प्रदान गर्नु भएको थियो ।
शाखा प्रमुख राम रतन वरइले शाखाको प्रमुख कार्यकारी अधिकृत सरको सन्देश पढेर सुनाउनु भएको थियो भने उक्त कार्यक्रम शाखाका लेखापाल चन्द्र शेखर वोहराले सहभागीहरुलाई स्वगत मन्तव्य राख्नुभएको थियो ।
सहभागीकै तर्फबाट कार्यक्रममो सभापति ज्ञानु देवी चौधरीले उद्घाटन कार्यक्रमको समापन गर्नुभएको थियो । उक्त कार्यक्रममा अतिथिको रुपमा टिकापुर नगरपालिका स्वास्थ तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत नरेश अवस्थी र प्रशिक्षक श्याम राज पाण्डे र दिपक वोहराको पनि उपस्थिति रहेको थियो ।





