
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले हुण्डि कारोवारीलाई कडा कारबाहीको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । राष्ट्र बैंकले अर्थतन्त्र समस्यामा परेको भन्दै विदेशी विनिमय सञ्चिति थप घट्न नदिन अर्थ मन्त्रालयलाई विभिन्न सुझाव दिएको हो ।
उक्त सुझावमा भनिएको छ, ‘हुण्डिलगायत विदेशी विनिमय अपचलनसम्बन्धी कारोबारको प्रभावकारी रूपमा अनुगमन गरी त्यसमा संलग्न व्यक्ति तथा संस्थालाई कडाभन्दा कडा दण्डरसजाय दिने व्यवस्था गरौं । साथै व्यापारमा न्यून बिजकीकरण गर्न व्यापारीलाई अनुसन्धानको दायरमा ल्याऔं ।’