Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल लाइफका अध्यक्षद्वारा सपथ ग्रहण

२०७८ चैत्र २३ गते


बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले सपथ ग्रहण गर्नुभएको छ । उहाँले बीमा समितका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा ३ को उपदफा ४ बमोजिम सपथ लिनुभएको हो । नेपाल लाइफले चैत २१ गते सम्पन्न साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट अध्यक्ष संघई सहित कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्ति कुमार गोल्यान निर्वाचित हुनुभएको थियो ।