
बैंकिङ खबर/ साधना लघुवित्त वित्तीय संस्था लिमिटेडमा विभिन्न पदका लागि रोजगारी खुलेको छ । लघुवित्तले केन्द्रीय र शाखा कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
लघुवित्तले बरिष्ठ अधिकृत–अधिकृत पदका लागि केही, सहायक अधिकृत पदका लागि केही, सुपरभाईजर–बरिष्ठ सहायक पदका लागि र सहायक प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी मागेको हो । जसमा बरिष्ठ अधिकृत–अधिकृत पदमा आवेदन दिन स्नातक तह उतीर्ण गरी कुनै वित्तीय संस्थामा कम्तिमा ६–७ बर्ष काम गरेको वा प्रविणता प्रमाणपत्र तह उतीर्ण गरी कुनै वित्तीय संस्थामा कम्तिमा २–१ बर्ष काम गरेको हुनुपर्नेछ ।
त्यस्तै, सहायक अधिकृत पदका लागि स्नातक तह उतीर्ण गरी कुनै वित्तीय संस्थामा कम्तिमा ५ बर्ष काम गरेको वा प्रविणता प्रमाणपत्र तह उतीर्ण गरी कुनै वित्तीय संस्थामा कम्तिमा २ बर्ष काम गरेको हुनुपर्नेछ ।
त्यस्तै, सुपरभाइजर तथा बरिष्ठ सहायक पदका लागि प्रमाणपत्र तह उतीर्ण गरी कुनै वित्तीय संस्थामा कम्तिमा ४–३ बर्ष काम गरेको हुनुपर्नेछ ।
त्यसैगरी सहायक प्रशिक्षार्थी पदका लागि एसएलसी वा एसईई परिक्षा उतीर्ण गरी कुनै लघुवित्त क्षेत्र जा कम्प्युटर सम्बन्धि जानकारी भएको हुनुपर्नेछ । इच्छुक योग्यता पुगेका ब्यक्तिले सूचना प्रकाशित भएको मिति चैत २२ गतेले १५ दिन अर्थात् बैशाख ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।





