
बैंकिङ खबर/ अब बीमा कम्पनीका सञ्चालक दुई कार्यकालभन्दा बढी सञ्चालक बन्न नपाउने भएका छन् । बीमा समितिले ‘बीमकको संथागत सुशासन सम्बन्धी निर्देशिका, २०७५’ लाई दोस्रो पटक संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
समितिले संशोधित निर्देशिकामा कुनै पनि बीमा कम्पनीको सञ्चालकको कार्यकाल बढीमा चार वर्षको हुने र निज सञ्चालक थप एक कार्यकालका लागि पुन नियुक्त वा मनोनित हुनसक्ने व्यवस्था गरेको छ ।
निर्देशिका प्रारम्भ हुनुअघि सञ्चालक पदमा नियुक्त वा मनोनित भई दुई वा सोभन्दा बढी कार्यकाल सञ्चालक भई सकेको व्यक्ति पुन नियुक्त वा मनोनित हुन नपाउने व्यवस्था गरेको छ ।
कुनैपनि कम्पनीको सञ्चालक पदमा बहाल रहुञ्जेल र पदबाट हटेको एक वर्षसम्म सोहि कम्पनीको कुनै पनि प्रकारको शेयर, डिबेञ्चर खरिद बिक्री गर्न नपाउने व्यवस्था छ । तर, सञ्चालक पदमा संस्थागत प्रतिनिधित्व भएको सञ्चालकको हकमा भने सञ्चालक नियुक्ति गर्ने संस्थागत शेयरधनीले बीमा समितिको स्वीकृति लिएर खरिद बिक्री गर्न सकिने व्यवस्था थप गरेको छ ।
बीमा कम्पनीहरुले प्रत्येक पाँच वर्षमा विस्तृत लेखापरीक्षण (डिडिए) गराउनु पर्ने निर्देशिकामा उल्लेख छ । निर्देशिका अनुसार विस्तृत लेखापरीक्षण (डिडिए) को एक प्रति समितिमा पेश गर्नुपर्ने छ । प्रतिवेदनका सम्बन्धमा समितिले आवश्यक निर्देशन समेत दिन सकिने निर्देशिकामा व्यवस्था छ ।
हेर्नुहोस् पूर्णपाठ
