
बैंकिङ खबर/ वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुरु भएको छ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट शनिवारदेखि एकीकृत कारोबार शुरु भएको हो ।
मर्जरपश्चात सूर्योदय वोमी लघुवित्तको नामबाट एकीकृत कारोबार शुरु भएको हो । दुवै संस्था १ः१ स्वाप रेशियोमा मर्ज भएका हुन् । वोमी लघुवित्तको १०० कित्ता शेयर बराबर सूर्योदय लघुवित्तको १०० कित्ता शेयर आदान प्रदान अनुपात कायम गरिएको छ ।
यता मर्जर पश्चात बन्ने सूर्योदय वोमी लघुवित्तमा कर्मचारी संख्या १ हजार भन्दा धेरै हुनेछन् भने शाखा १९१ बाट पुग्ने छन् । वोमी लघुवित्त र सुर्योदय लघुवित्त एक आपसमा गाभ्ने–गाभिने प्रयोजनको लागि पौष २९ गते बिहीबार अन्तिम सम्झौता भएको थियो । पौष १६ गते सम्पन्न वोमी लघुवित्तको १० औं वर्षिक साधारण सभा र सूर्योदय लघुवित्तको नवौं वार्षिक साधारण सभाले गाभ्ने तथा मर्ज गर्ने प्रस्ताव पारित गरेका थिए ।


