
बैंकिङ खबर/ काठमाडौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ३५ जना ग्राहक सदस्यहरुलाई “ब्यवसायिक वेमौसमी तरकारी खेती तालिम” दिएको छ ।
चैत्र १५ गतेदेखि १७ गतेसम्म बाँके जिल्लाको नेपालगञ्जमा उक्त तालिम दिएको हाे । परस्पुर शाखाद्वारा प्रवद्धित जलपोखी समुहकी सदस्य फत्ते कुमारी जैसीको सभापतित्वमा सम्पन्न तालिम उद्घाटन समारोहमा खजुरा गाउँपालिकका अध्यक्ष किसमत कूमार कक्षपति प्रमुख अथिति रहनुभएको थियो । उहाँले तालिममा सिकेका कुराहरुलाई व्यवसायमा उतार्न पनि आग्रह गर्नुभयो । उहाँले तालिमको तथ्यांक हेर्दा अत्यन्तै धेरै भएपनि व्यावहारमा परिणत गरेको पाइदैन भन्दै सबै सहभागीलाई व्यवसायिक बन्न आग्रह गर्दै स्थानीय तहबाट सहयोग गर्न तयार रहेको बताउनुभयो । सिमापारीबाट अवैध तवरले भित्रने तरकारीकोे कारण यस क्षेत्रका व्यवसायि चौपट हुन लागेको गुनासो आउने गरेकोले अवैध व्यापारको स्थानीय तहले अनुगमन गरी कारवाही गर्दै आएको र अवैध कारोवारको वारेमा सूचना दिन पनि उहाँले आग्रह गर्नुभयो ।
तालिममा प्रशिक्षकहरु कृषि विज्ञ कार्यालय नेपालगञ्जका शकिल अहमद र राम प्रसाद यादव, शाखा प्रमुख टोप बहादुर रास्कोटी क्षेत्रीय प्रतिनिधि कार्यक्रम अधिकृत मिनबहादुर हमाल रहनुभएको थियो ।
एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवादिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका क्षेत्रीय प्रमुख मिनबहादुर हमालले बताएका थिए ।
तालिममा सहभागीहरुलाई स्वागत संस्थाको परस्पुर शाखाका लेखापाल अजय रसाईलीले तथातालिमको उदेश्य, शाखाको वस्तु स्थिति, शाखाको भावी रणनितीको बारेमा शाखा प्रमुख टोप बहादुर रास्कोटीले र संस्थाका प्रमुख कार्यकारी अधिकृतको तालिम सन्देश वाचन तथा समग्र संस्थाको बारेमा कार्यक्रम व्यावस्थापक मिनबहादुर हमालले प्रकाश पार्नुभएको थियो ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी ३ लाख ९८ हजार जना सदस्यलाई २७ अर्व ५२ करोड लगानी गरी १७ अर्व २५ करोड बचत संकलन गरी संस्थाले लघुवित्त सेवा पुर्याई रहेको छ ।
संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलककार्यक्रमहरु संचालनगर्दै आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आई रहेको छ । यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आई रहेको छ साथै तालिमलिएका सदस्यहरुलाई आवश्यकता अनुसार लगानी समेत गर्दै आई रहेको छ ।
सो तरकारी खेती गरिरहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराइएको संस्थाका परस्पुर शाखाका शाखा प्रमुख टोप बहादुर रास्कोटीले जानकारी गराउँदै शाखाबाट नेपालगञ्ज, खजुरा, जानकी र वढैयातालमा १५५ समुह मार्फत ३५०० सदस्यमार्फत २५ करोड कर्जा लगानी गरी २०कारेड वचत संकलन गरेको जानकारी दिनुभयाे । कार्यक्रम संचालन परस्पुर शाखाका केन्द्र परिचालक विन्दु राना क्षेत्रीले गरेका थिए ।




