Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य नियुक्त

२०७८ चैत्र १६ गते


बैंकिङ खबर/ प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य नियुक्त हुनुभएको छ । कम्पनी सञ्चालक समितिको चैत १६ गते बसेको बैठकले सर्वसम्मत रुपमा अमात्यलाई अध्यक्ष चयन गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष डा. आत्मराम घिमिरेले दिएको राजीनामा स्वीकृत गरी अमात्यलाई जिम्मेवारी दिएको हो । डा. घिमिरेले बुधबार गतेदेखि नै लागू हुने गरी अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिनुभएको थियो ।