
बैंकिङ खबर/ देशको ७७ वटै जिल्लामा शाखा स्थापना गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई, सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गरी आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै विपन्न परिवारहरुलाई गैरवित्तीय र वित्तीय सेवा प्रदान गर्दै आईरहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक) कार्यक्रमअन्तर्गत यहि चैत ७ गते देखि १३ गतेसम्म केन्द्रहरुमा वित्तीय अनुशासन, पारिवारिक बजेट र योजना, बचतको महत्व, कर्जा सदुपयोगिता, सफा नोट नीति, सम्पत्ति शुद्धीकरण, विप्रेषण, व्याजदर, आय आर्जनका उपायहरु, व्याजदर, ग्राहक संरक्षण लगायतका विषयमा जानकारी गराउनुका साथै सातै प्रदेशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता सचेतनाका कार्यक्रमहरु संचालन गरी सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाले प्रदेश नं. १ अन्तर्गत झापा जिल्ला, गौरादहमा संस्थामा आवद्ध भएका सदस्यहरु, स्थानीय बासिन्दाहरुको उपस्थितिमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय बजारमा प्लेकार्ड र र्याली सहित वित्तीय साक्षरता कार्यक्रम शुरु भएको थियो ।

शाखा कार्यालय गौरादह, झापाले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा क्षेत्रीय कार्यालय बिर्तामोड, झापाका कार्यक्रम अधिकृत महेन्द्र बहादुर कुवरले वित्तीय लक्ष्य निर्धारण, समुदायको वर्तमान अवस्थाको विश्लेषण, वित्तीय अनुशासन, पारिवारिक बजेट र योजना, बचतको महत्व, बचत गर्ने तौर तरिकाहरु, आवश्यकता र चाहनाको भिन्नता, कर्जा सदुपयोगिता, सफा नोट नीति, सम्पत्ति शुद्धीकरण लगायतका विषयमा जानकारी गराउनुभएको थियो । शाखा प्रमुख दुर्गा प्रसाद घिमिरेले उपस्थित सबैलाई क्षमताको आधारमा कर्जा लिईसम्बन्धित परियोजनामा लगानी गरी, फजुल खर्च नगरी उद्यमी बन्न आग्रह गर्नु भएको थियो ।
संस्थाले मधेश प्रदेश अन्तर्गत पर्सा जिल्लाको बिजयबस्तीमा ठोरी, जिराभवानी, पटेवी सुगौली, जगरनाथपुर गाउँपालिकाका सदस्य, अविभावक तथा स्थानीय बासिन्दाहरुको उपस्थितिमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

शाखा कार्यालय बिजयवस्ती पर्साले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा क्षेत्रीय कार्यालय बिरगंजका कार्यक्रम व्यवस्थापक श्री शंकर प्रसाद न्यौपानेले जोखिम व्यवस्थापन, घरायसी बजेट, विप्रेषण, ग्राहक संरक्षण, वित्तीय अनुशासन, वित्तीय लक्ष्य र योजना, बचतको महत्व, बचत गर्ने तौर तरिकाहरु, आवश्यकता र चाहनाको भिन्नता, कर्जा सदुपयोगिता, सफा नोट नीति, सम्पत्ति शुद्धीकरण लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।
शाखा प्रमुख शंकर कान्त न्यौपानेले बचत बल नहुँदा, चल्न नसक्दाको तयारी भएकोले फजुल खर्च नगरी बचत गर्न र नोटको जतन गर्न आग्रह गर्नु भएको थियो । संस्थाले बागमती प्रदेश अन्तर्गत टाँडी, चितवनको पिठुवा दोवाटोमा संस्थामा आवद्ध भएका सदस्यहरु, स्थानीय बासिन्दाहरुको उपस्थितिमा वित्तीय साक्षरता कार्यव्रmम सम्पन्न गरेको छ ।
शाखा कार्यालय, टाँडी चितवनले आयोजना गरेको वित्तीय साक्षरता कार्यव्रmममा क्षेत्रीय कार्यालय भरतपुरकी कार्यक्रम अधिकृत रिता रेग्मीले वित्तीय लक्ष्य निर्धारण, समुदायको बर्तमान अबस्थाको बिश्लेषण, हाम्रो जिबनका आवश्यकताहरु,बचतको परिचय, महत्व, बचतको योजना, बचत गर्ने तरिकाहरु,संस्थाले ऋण लगानी गर्दा र सदस्यले कर्जा लिँदा ध्यान दिनुपर्ने कुराहरु,व्यावसायिक योजनाको तयारी,समयमा ऋण तिर्न नसक्नुका कारणहरु,सफलतापूर्वक ऋण व्यवस्थापन गर्न सुझावहरु,बजेट भित्र बस्ने उपायहरु,वित्तीय सेवा प्रदायकहरू छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरूको बारेमा सहजीकरण गर्नु भएको थियो ।
टाँडी शाखाका शाखा प्रमुख श्री ज्योतीराज रेग्मीले संस्थाले गरिव विपन्न परिवारलाई प्रभावकारीरुपले गैर वित्तीय तथा वित्तीय सेवा उपलब्ध गराउँदै आएकोले सामथ्र्यको आधारमा कर्जा लिन र स–सानो रकम बचत गरी आईपर्न सक्ने जोखिमको समाधान बचतबाट गर्न आग्रह गर्नु भएको थियो ।
संस्थाले गण्डकी प्रदेश अन्तर्गत दुईपिप्ले लमजुङ्गमा संस्थामा आवद्ध भएका सदस्यहरु, स्थानीय बासिन्दाहरुको उपस्थितिमा वित्तीय साक्षरता कार्यव्रmम सम्पन्न गरेको छ । स्थानीय बजारमा प्लेकार्ड र ¥याली सहित वित्तीय साक्षरता कार्यव्रmम शुरु गरेको थियो ।
शाखा कार्यालय दुईपिप्ले लमजुङ्गले आयोजना गरेको वित्तीय साक्षरता कार्यव्रmममा क्षेत्रीय कार्यालय पोखराका श्रेत्रीय प्रमुख श्री विष्णु प्रसाद पराजुली रकार्यक्रम अधिकृत श्री दामोदर पाठकले वित्तीय साक्षरता अन्र्तगत वित्तीय साक्षरताको परिचय, वित्तीय साक्षरताको उद्धेश्य, वित्तीय लक्ष्य निर्धारण, समुदायको बर्तमान अबस्थाको बिश्लेषण, हाम्रो जिबनका आवश्यकताहरु,बचतको परिचय, महत्व, बचतको योजना, बचत गर्ने तरिकाहरु,संस्थाले ऋण लगानी गर्दा र सदस्यले कर्जा लिँदा ध्यान दिनुपर्ने कुराहरु,व्यावसायिक योजनाको तयारी,समयमा ऋण तिर्न नसक्नुका कारणहरु,सफलतापूर्वक ऋण व्यवस्थापन गर्न सुझावहरु,बजेट भित्र बस्ने उपायहरु,वित्तीय सेवा प्रदायकहरू छनोट गर्दा ध्यान दिनु पर्ने कुराहरू,बचत गर्दा,ऋण लिँदा बुभ्mनु पर्ने कुराहरु,जोखिम सामना गर्ने उपायहरु,कर्जा सदुपयोगिता, सफा नोट नीति, सम्पत्ति शुद्धीकरण,बीमा लगायतका विषयमा सहजीकरण गरेका थिए । शाखा प्रमुख श्री सुर्यमणि कोईरालाले चाहनाभन्दा पनि परियोजनाको आवश्यकता र सामथ्र्यको आधारमा कर्जा लिन आग्रह गर्नु भएको थियो ।
संस्थाले लुम्बिनी प्रदेश अन्तर्गत कोहलपुर,बाँकेमा संस्थामा आवद्ध भएका सदस्यहरु, स्थानीय बासिन्दाहरुको उपस्थितिमावित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त वित्तीय साक्षरता कार्यक्रमको कोहलपुर नगरपालिकाका प्रमुख श्री लुट बहादुर रावतले उद्घाटन गर्नु भएको थियो ।
शाखा कार्यालय कोहलपुर बाँकेले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा क्षेत्रीय कार्यालय लुम्बिनी प्रदेशका प्रमुख श्री शम्भु न्यौपानेले वित्तीय साक्षरताको परिचय, उद्धेश्यहरु, वित्तीय लक्ष्य निर्धारण, समुदायको वर्तमान अवस्थाको विश्लेषण, वित्तीय अनुशासन, पारिवारिक बजेट र योजना, बचतको महत्व, कर्जा सदुपयोगिता, सफा नोट नीति, सम्पत्ति शुद्धीकरण लगायतका विषयमा जानकारी गराउनु भएको थियो । शाखा प्रमुख पुष्पा कुमारी सुवेदीले आजको बचत भोलीको आधार भएकोले वित्तीय संस्थामा फजुल खर्च नगरी रकम जम्मा गर्न, विप्रेषणबाट प्राप्त रकम सवै खर्च नगरी बचत गर्न आग्रह गर्नु भएको थियो ।
संस्थाले कर्णाली प्रदेश अन्तर्गत सल्लीबजार, सल्यानमा संस्थामा आवद्ध भएका सदस्यहरु, स्थानीय बासिन्दाहरुको उपस्थितिमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
शाखा कार्यालय सल्लीबजार सल्यानले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा क्षेत्रीय प्रमुख श्री नवराज जोशीले वित्तीय अनुशासन, पारिवारिक बजेट र योजना, बचतको महत्व, कर्जा सदुपयोगिता, जोखिम व्यवस्थापन, घरायसी बजेट,विप्रेषण, ग्राहक संरक्षण,सफा नोट नीति लगायतका विषयहरुमा सहजिकरण गर्नुभएको थियो । शाखा प्रमुख निम बहादुर घर्तिले शाखाकार्यालय सल्लीबजारले केन्द्रमा सदस्यहरुलाई जानकारी गराउँदै आएको गैर वित्तीय सेवाहरुको बारेमा जानकारी गराउँदै संस्थाले प्रदान गर्ने गैरवित्तीय सेवाहरु लिन ग्राहक सदस्यहरुलाई आग्रह गर्नु भएको थियो ।
संस्थाले सुदूरपश्चिम प्रदेश अन्तर्गत अत्तरीया कैलालीमा संस्थामा आवद्ध भएका सदस्यहरु, स्थानीय बासिन्दाहरुको उपस्थितिमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
शाखा कार्यालय अत्तरीया, कैलालीले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा क्षेत्रीय प्रमुख गोकर्ण प्रसाद उपाध्यायले नियमित आम्दानी प्राप्त गर्ने, निश्चित आम्दानी नभएका, विप्रेषण प्रापकहरुलाई लक्षित गरी वित्तीय अनुशासन, बचत, कर्जा, विद्युतीय वित्तीय सेवाहरु, आवश्यकता तथा चाहनाहरु, वित्तीय लक्ष्य, विप्रेषण,पारिवारिक बजेट र योजना, बचतको महत्व, कर्जा सदुपयोगिता, जोखिम व्यवस्थापन, ग्राहक पहिचान, केन्द्रीय बैंकको कार्यहरु, ग्राहक संरक्षण,सफा नोट नीति, सम्पत्ति शुद्धीकरण लगायतका विषयहरुमा सहजिकरण गर्नुभएको थियो । शाखा प्रमुख सुरेन्द्र प्रसाद चौधरीले थोरै थोरै रकम जम्मा गरी भविश्यमा पर्न सक्ने समस्याको समाधान गर्न र परियोजनाको लागत, सीप तथा दक्षताको आधारमा कर्जा लिई सही सदुपयोग गरी उद्यमी हुन आग्रह गर्नु भएको थियो ।
वित्तीय साक्षरता कार्यव्रmममा सहभागीहरुले वित्तीय सचेतना कार्यक्रमले फजुल खर्च कहाँ, किन कसरी भइरहेको छ भन्ने विषयमा स्पष्ट भएको र आफूहरुले जानेका कुराहरुलाई घर टोलमा समेत बताउने जानकारी दिनुभयो भने यस्तो कार्यक्रमहरुको निरन्तरता एवं संस्थाका सदस्यहरुलाई वित्तीय कारोवारसँगै सीपमुलक कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
नेपाल राष्ट बैंक सिद्धार्थनगरद्धारा आयोजित वित्तीय सचेतना कार्यक्रममा क्षेत्रीय कार्यालय भैरहवा लगायत मातहतका शाखा कार्यालयहरुका कर्मचारीहरुको उपस्थितिमा व्यानर र प्लेकार्ड सहित बजार परिक्रमा गरिएको थियो ।





