
बैंकिङ खबर/ बीमा समितिले बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गरेको छ । समितिको बिहीबार बसेको बैठकले बीमा कम्पनीको पुँजी वृद्धि गर्ने निर्णय गरेको हो । समितिको निर्णयसँगै अब जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे दुई अर्ब पुग्नेछ ।
समितिको निर्देशनसँगै बीमा कम्पनीलाई पूँजीवृद्धिका लागि थप सकस हुने देखिएको छ । समितिले आगामी एक महिनाको समय दिएर बीमा कम्पनीहरूलाई पूँजी वृद्धिको योजना सहिनको विवरण बोर्डबाट निर्णय गराई समितिमा पेस गर्न निर्देशन दिएको छ । यो निर्देशन आगामी एक वर्ष भित्र कार्यान्वयन गर्न पनि समितिले भनेको छ । आन्तरिक रूपमा पूँजीवृद्धि गर्न नसके मर्जसहितको योजना लिएका आउँन समितिले आग्रह गरेको छ ।
समितिले कायम गर्नु भनेको चुक्तापूँजीभन्दा बढी नेपाल लाइफको छ । यो कम्पनीको चुक्तापूँजी ८ अर्ब २० करोड रुपैयाँ कायम छ । तर, यो बीमा कम्पनीबाहेक अन्य कम्पनीको हाल कायम चुक्तापुँजीमा धेरै थप गर्नुपर्ने देखिन्छ ।
कम्पनीले दोस्रो त्रैमासमा सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समितिले कायम गर्नु भनेको चुक्तापूँजीको नजिक–नजिक नेशनल लाइफ इन्स्योरेन्स मात्र पुगेको छ ।
यो कम्पनीको दोस्रो त्रैमाससम्मको चुक्तापूँजी ४ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ । यो कम्पनीले हाल कायम चुक्तापूँजीमा २३ प्रतिशत मात्र पूँजी वृद्धि गरे पुग्ने देखिन्छ ।
गत असार मसान्तसम्मको तथ्यांकका आधारमा हेर्दा बीमा कम्पनीको पूँजी निम्न अनुसार रहेको छ ।
| सि.नं. | जीवन बीमा कम्पनीको नाम | चुक्ता पुँजी (रु लाखमा) | थप्नुपर्ने पुँजी (रु लाखमा) |
| १ | नेपाल लाइफ | ७१९९९९.७१ | पर्याप्त |
| २ | नेशनल लाइफ | ३३९०८.८९ | १६०९१.११ |
| ३ | एलआईसी नेपाल लाइफ | २२११० | २७८९० |
| ४ | एशियन लाइफ | २०१०७.६१ | २९८९२.३९ |
| ५ | सूर्या लाइफ लाइफ | २०१०७.६१ | २९८९२.३९ |
| ६ | गुराँस लाइफ | २०३३१.२९ | २९६६८.७१ |
| ७ | प्राइम लाइफ | २४१७०.५७ | २५८२९.४३ |
| ८ | आइएमई लाइफ | १४००० | ३६००० |
| ९ | युनियन लाइफ | २१५०० | २८५०० |
| १० | सन नेपाल लाइफ | १४००० | ३६००० |
| ११ | न्योति लाइफ | २२००० | २८००० |
| १२ | रिलायवल लाइफ | १४००० | ३६००० |
| १३ | रिलायन्स लाइफ | २१००० | २९००० |
| १४ | सिटिजन लाइफ | १७५०० | ३२५०० |
| १५ | सानिमा लाइफ | १४००० | ३६००० |
| १६ | प्रभु लाइफ | २०००० | ३०००० |
| १७ | महालक्ष्मी लाइफ | १४००० | ३६००० |
| १८ | राष्ट्रिय बीमा संस्थान | १८१०ं२० | ४८१८९.८ |
| १९ | मेट लाइफ | – | – |
