
बैंकिङ खबर/ एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लि.ले ग्लोवल मनी विक मनाउन सप्ताहव्यापी वित्तीय साक्षरताका लागी जनचेतना कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल राष्ट्र बैंकले २०७८ चैत्र ७ गते देखि १३ गतेसम्म वित्तीय साक्षरता मार्ग दर्शन,२०७८ बमोजिम विशेष कार्यक्रम संचालनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशन बमोजिम संस्थाले देश भरिनै सप्ताहव्यापी कार्यक्रमहरु तय गरेको हो ।
कार्यक्रमको पहिलो, दोस्रो र तेस्रो दिन शाखा कार्यालय गोलघर, लालपुर, राजिपुर, पाउदुर, बहादुरगंज, पाँचखाल, गौर,गैडाकोट, सबैला र हार्थोकले करिब १००० जना स्थानीय व्यापारी, गृहणी, युवा, विद्यार्थी लगायतलाई समेटेर वित्तीय साक्षरताको महत्व, लघुवित्तका सेवा सुविधा, बचत, बीमा तथा कर्जाको महत्व, विप्रेषण, आम्दानी अनुसार बचत गर्ने बानिको विकास, बचतका प्रकार, डिजिटल बैैकिङ्ग, आवश्यकता अनुसार खर्च गर्ने बानिको विकास आदिकाबारेमा जनचेतनामूलक कार्यक्रम गरेको छ ।
संस्थाले १३ गतेसम्म देश भरी नै आफ्नो उपप्रदेश कार्यालय अन्र्तगतका शाखा कार्यालयका क्षेत्रमा बसोबास गर्ने स्थानीय व्यापारी, गृहणी, युवा, विद्यार्थी लगायतलाई समेटेर अन्तरक्रिया तथा वित्तीय साक्षरता सम्बन्धि जनचेतनामूलक श्रव्य तथा भिडियो सामग्री प्रदर्शनी गर्ने कार्यक्रम रहेको जनाएको छ ।
साथी संगै, सबल बन्दै भन्ने मूल नाराका साथ देश भरिनै सेवा दिई रहेको संस्थाले, उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जा लाई प्राथमिकतामा राखि बैंक तथावित्तीय संस्थाहरुको न्युन उपस्थिति रहेको दुर्गम जिल्लाहरु डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक, बझाङ, बाजुरा, अछाम, दार्चुला, मुगु तथा कालिकोट जस्ता दुर्गम जिल्लाहरुमा समेत शाखाविस्तार गरी वित्तीय पहुँच तथा वित्तीय साक्षरता, सामाजिक जनचेतना लगायतका विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्र्दै आएको छ ।



