
बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज नेप्सेले सूचिकृत कम्पनीहरुको वर्गिकरण सार्वजनिक गरेको छ। नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को व्यवस्था बमोजिम कम्पनीहरुको वर्गिकरण सार्वजनिक गरेको हो ।
साविकमा सूचिकृत संगठित संस्थालाई ए र वि गरी दुईवटामा सीमित गरिएको थियो । २०७५ देखि नेपाल धितोपत्र बोर्डले लागु गरेको नयाँ नियमावलीमा कम्पनीहरुलाई अन्तर्राष्ट्रिय अभ्यासलाई समेत दृष्तिगत गरी ए, वि, जि र जेड गरी चार वर्गमा वर्गिकरण गर्ने ब्यवस्था छ । सोहि अनुसार नेप्सेले संस्थाको चुक्ता पूँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी नयाँ वर्गिकरण सार्वजनिक गरेको हो ।
नेप्सेले गरेको वर्गिकरणमा राम्रो मानिने ‘ए’ वर्गमा मा २५ वटा वाणिज्य बैंक परेका छन्। एनआईसी एसिया बैंक बाहेक सबै वाणिज्य बैंक ए मा परेका हुन् । एनआईसी भने जेड वर्गमा परेको छ । त्यस्तै ए वर्गमा ४ वटा विकास बैंक, २ वटा फाइनान्स, एउटा लघुवित्त, ३ वटा हाइड्रो र उत्पादन समुहबाट शिवम् सिमेन्ट परेको छ ।