Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

अफगानिस्तानः सबै बीमा कम्पनीहरुलाई प्रतिबन्ध !

२०७८ चैत्र ४ गते

बैंकिङ खबर/ अफगानिस्तानमा रहेका सबै बीमा कम्पनीहरुलाई प्रतिबन्ध लगाइएको छ । तालिबानले शुक्रबारदेखि अफगानिस्तानमा संचालित सबै बीमा कम्पनी अनिश्चितकालका लागी बन्द गराएको हो ।

बीमा कम्पनीलाई तालिबानी सरकारकोे तर्फबाट पठाइएको पत्रमा कार्यवाहक सरकारले सार्वजनिक र निजी बीमा कम्पनीको सबै गतिविधि स्थगनको घोषण गरिएको खामा प्रेसले जनाएको छ । तालेबानको पत्रमा भनिएको छ, ‘बीमा उद्योगको भावना इस्लामिक अभ्यासहरू विरुद्ध हो वा होइन भन्ने निर्णय गर्न अफगानिस्तानको विज्ञान प्रतिष्ठानमा छलफल भइरहेको छ। निलम्बनले अफगानिस्तानको लोकतान्त्रिक युग र खुला बजारको विगत २० वर्षदेखि देशमा लगानी र वित्तीय जोखिम लिने बीमा कम्पनीहरूको लागि विनाशको मन्त्र हो।’

सरकारको स्वामित्वमा रहेको बीमा संस्था बाहेक कैयौं निजी बीमा कम्पनीहरूले लगानी र वित्तीय जोखिमहरू गरेका छन्। गत वर्ष अगस्ट १५ मा तालिवानको हातमा अफगानिस्तान सरकारको पतन भएपछि अफगानिस्तानको अर्थतन्त्र संकटमा परेको थियो । सयौं कम्पनी, संस्था र परियोजनाहरू बन्द भएका छन्, खामा प्रेसले रिपोर्ट गरेको छ।

अफगानिस्तानको कार्यवाहक तालिबान सरकारले इस्लामिक मान्यताहरूलाई जोड दिन्छ तर अहिलेसम्म कुनै लिखित इस्लामिक नीतिहरू जारी गरेको छैन।