
बैंकिङ खबर/ आँधिखोला लघुवित्तद्वारा फिल्ड तथा जोखिम ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । यस संस्थाले चैत १ देखि ३ गतेसम्म विभिन्न शाखा कार्यालयमा रही फिल्डमा कार्यरत ५० जनाभन्दा वढि कर्मचारीहरुलाई फिल्ड तथा जोखिम ब्यवस्थापन सम्वन्धी ३ दिवशिय तालिम कृषि विकाश वैंक तालिम केन्द्र रुपन्देही मंगलापुरमा सम्पन्न गरेको हो।
तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी.तथा नायव कार्यकारी प्रमुखको समेत उपस्थिती रहेको थियो भने तालिमको सहजिकरण फरक फरक शीर्षकमा वाहय प्रशिक्षकहरु जीवन खनाल, यज्ञमणी घिमिरे, सन्तोष क्षेत्री लगायतले गरेका थिए ।
तालिमको अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृतवाट कर्मचारीलाई अत्यन्तै चनाखो भई अन्य संस्था तथा कर्मचारीहरुसँग हातेमालो गरी कार्यक्रम विस्तार गर्नका लागि निर्देशन दिएका थिए भने नायव कार्यकारी प्रमुख कुँवरले फिल्ड कर्मचारी संस्थाको मेरुदण्ड भएको कुरामा जोड दिदै हाल लघुवित्त क्षेत्रमा विधमान विभिन्न किसिमका चुनौतीहरु लाई दृष्टिगत गरी कर्मचारीको मनोवल उच्च राख्दै,कार्यक्रमलाई सवल बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको र आगामी दिनमा समेत कर्मचारीको दक्षता अभिवृद्धिका लागि आवश्यकता अनुरुप तालिम सञ्चालन गर्नका लागि संस्था प्रतिवद्ध रहेको वताएका छन् ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीको सभापतित्व र कृषि विकाश वैंक प्रदेश तथा तालिम केन्द्र मंगलापुर प्रमुख रामबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको सो कार्यक्रमको सञ्चालन संस्थाका विभागिय प्रमुख कुलदेव लामीछानेले गरेका थिए ।
चुक्ता पुँजी १० करोड रहेको यस संस्थाको धौलागिरी लघुवित्तसँगको डिमर्जरका कारण शेयर कारोवार रोक्का रहेको छ भने उपयुक्त लघुवित्त वित्तीय संस्था खोजी मर्जर प्रकृया सम्पन्न गर्नका लागि संस्था प्रतिवद्ध रहेको समेत प्रमुख कार्यकारी अधिकृत के.सीले बताएका छन् ।
स्याङजा जिल्लाको भीरकोट न.पा.–१ वयरघारीमा केन्द्रिय कार्यालय रही १० जिल्लामा १९ कार्यालय मार्फत २०,००० सदस्य १ अर्व ३० करोड कर्जा लगानी गरिरहेको र ४३ करोडभन्दा वढि वचत परिचानल गरिरहेको छ ।




