Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेसनल लाइफकी अध्यक्ष सिंहद्वारा सपथ ग्रहण

२०७८ चैत्र २ गते

बैंकिङ खबर/ नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन्।

अध्यक्ष सिंहले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी हुन्। गत फागुन २९ गते सम्पन्न ३३ औँ वार्षिक साधारणसभाबाट कम्पनीको सञ्चालक समितिको पुनर्गठन भई सिंह सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट पुनः निर्वाचित भएकी हुन्।

सपथ ग्रहण समारोहमा बीमा समितिका अध्यक्ष सिलवालले अध्यक्ष सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष सिंहले पनि सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा बीमा समितिका अध्यक्ष सिलवाललाई सञ्चालक समितिका तर्फबाट आभार व्यक्त गरेकी छन्।