Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

गुराँस लाइफ इन्स्योरेन्सद्वारा अभिकर्तालाई सम्पत्ति शुद्धीकरण तालिम

२०७८ चैत्र २ गते


बैंकिङ खबर/गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका अभिकर्ताहरुको लागि सम्पत्ति शुद्धीकरण सम्बन्धी (एएमएल/सीएफटी) तालिम सञ्चालन गरेको छ।

कम्पनीले पोखरमा राष्ट्रिय स्तरको सम्पत्ति शुद्धीकरण तथा बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित जानकारी कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा देश भरिका करिव ४०० उत्कृष्ट अभिकर्ताहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ।

कार्यक्रमको प्रस्तुती कम्पनीका कानुन अधिकृत अधिवक्ता बालकृष्ण गजुरेलले गरेका थिए। कार्यक्रमको सहजीकरण कम्पनीका कम्पनी सचिव तथा प्रशासन विभाग प्रमुख बोध लाल पुरीले गरेका छन्।

अभिकर्ताहरुले सम्पत्ति शुद्धीकरण सम्बन्धी (एएमएल÷सीएफटी) तालिम तथा बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित जानकारी कार्यक्रममा प्राप्त गरेका ज्ञान, अनुभवलाई पेशामा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।