Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

पुनर्बीमा कम्पनीमा दुईजना कर्मचारी माग

२०७८ चैत्र २ गते


बैंकिङ खबर/ नेपाल पुनर्बीमा कम्पनीमा करारमा दुईजना कर्मचारीका लागि जागिर खुलेको छ । कम्पनीले खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्धारा एकजना स्वदेशी पुनर्बीमा विज्ञ र एकजना स्वदेशी पुनर्बीमा दाबी विज्ञ राख्ने तयारी गरेको हो।

स्वदेशी पुनर्बीमा विज्ञका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर तह उत्तीर्ण र बीमा समितिबाट मान्यता प्राप्त इन्स्टिच्युट अफ एक्चुअरीबाट फेलोसिप हासिल गरेको हुनुपर्ने छ ।

बीमा क्षेत्रमा ब्यवस्थापन वा सो सरहको पदरमा रही कम्तिमा दश वर्ष कार्य गरेको तर बिद्यावारिधि गरेकोले भने नौ बर्ष कार्य गरेको अनुभव खोजेको छ । त्यस्तै ,स्वदेशी पुनर्बीमा दाबी विज्ञ पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तहको उपाधि हासिल गरेको र बीमा कम्पनीमा दाबी व्यवस्थापकीय कार्यमा व्यवस्थापीय पदमा कम्तिमा १० वर्षको कार्यनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ।

योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र कम्पनीमा आवेदन दिन सकिने बताइएको छ ।