Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकको कर्जामा कडाई र ब्याजदर बढ्दा समेत घटेन घरजग्गा कारोबार !

२०७८ चैत्र २ गते

बैंकिङ खबर/बैंकहरुको कर्जामा कडाई र ब्याजदर बढ्दासमेत फागुन महिनामा घरजग्गा कारोबारमा गिरावट आएको छैन । यतिबेला बैंकहरुमा तरलता अभाव यथावत नै छ । तर पनि घरजग्गा कारोबार भने घटेको छैन ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुनमा लिखत पारित ह्वात्तै बढेको छ । माघको तुलनामा फागुनमा लिखत पारित १४ हजार ५२० ले बढेको छ । पुसमा ७० हजार १६८ रहेको लिखत पारित माघमा घटेर ५९ हजार ५१६ पुगेको थियो । फागुनमा बढेर ७४ हजार ३६ पुगेको विभागले जनाएको छ ।

पुसको तुलनामा माघमा घरजग्गाको लिखत पारित १० हजार ६ सय ५२ ले घटेको थियो । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाबाट फागुनमा ३२८६ लिखत पारित भएको छ । माघमा यो संख्या २८०७ थियो । इनरुवा पछि मोरङको बेलबारी मालपोतमा २८७२ लिखत पारित भएको छ । माघमा पनि बेलबारी नै इनरुवा पछि रहँदै २५३६ लिखत पारित गरेको थियो ।

फागुनमा जनकपुरधाम मालोपोत कार्यालयलाई पछि पार्दै झापाको भद्रपुर मालपोतले २७७२ लिखत पारित गरेको विभागले जनाएको छ । जनकपुर चौथोमा रहँदै फागुनमा २४९६ लिखत पारित गरेको छ ।

बाँके नेपालगञ्जले २४४९, लगनखेलले २१६७, भक्तपुरले २०३६, काभ्रेले १९३०, कलंकीले १८३२ लिखत पारित गरेका छन् । यस्तै, चितवनले १७५८, मकवानपुरले १७२२, विराटनगरले १५७८, दमकले १४७५, राजविराजले १४६४, तुलसीपुरले १४०३ लिखत पारित गरेको विभागले जनाएको छ ।

यस्तै सरकारले घरजग्गाबाट माघमा ५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरेकोमा फागुनमा ६ अर्ब २६ करोड संकलन गरेको छ । मंसिरमा घरजग्गा कारोबारबाट राज्यले ७ अर्ब ६ करोड ६५ लाख रुपैयाँ संकलन गरेकोमा पुसमा घटेर ६ अर्ब ७० करोड रुपैयाँमा थियो । माघमा घटेको राजस्व फागुनमा भने उकालो लागेको छ ।

Ad