Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनआईसी एशिया लघुवित्तमा रोजगारीको अवसर(सूचनासहित)

२०७८ फाल्गुन २९ गते


बैंकिङ खबर/ एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । लघुवित्तले सहायक प्रमुख कार्यकारी अधिकृत १ जना, सहायक महाप्रबन्धक १ जना र बरिष्ठ प्रबन्ध १ जना गरी जम्मा ३ जना कर्मचारीको माग गरेको हो ।

उक्त तीन ओटै पदका लागि स्नातकोत्तर तह उर्तीर्ण गरी बैँक तथा वित्तीय संस्थाको व्यवस्थापकीय तहमा कार्यअनुभव भएको हुनुपर्नेछ ।योग्यता पुगेका इच्छुक व्यक्तिहरुले सूचना प्रकाशित भएको १५ दिन भित्रमा आफुले काम गर्न चाहेको पद, उमेर, अनुभव, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता , आफुलाई राम्रोसँग चिन्ने दुई जना व्यक्तिको नाम,सम्पर्क नम्बर लगायतका विवरणहरु उल्लेख गरिएको बायो डाटा संलग्न गरी आवेदन दिन आह्वान गरिएको छ ।

आवेदन गर्दा https://www.nicasialaghubitta.com/careers मार्फत आवेदन भर्न सकिने संस्थाले जनाएको छ । इच्छुक आवेदकहरुको उमेरको हद ३० वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । रितपुर्वक प्राप्त दरखास्तहरु मध्येबाट छनोट सूचीमा परेका उम्मेरदवारहरुलाई मात्र अन्र्तवार्ताको लागि सम्पर्क गरिनेछ । सहायक प्रमुख कार्यकारी अधिकृतको हकमा अन्र्तवार्ताको साथै व्यवसायिक योजना प्रस्तुतिको माध्यमबाट छनोट गरिने लघुवित्तले जनाएकाे छ ।