
बैंकिङ खबर/जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाद्वारा आफ्ना सदस्यहरुलाई क्रेडिट प्लस अवधारणा अन्तर्गत संचालित उद्यम विकास कार्यक्रमको समीक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरियो ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका सदस्यहरुलाई वचत तथा ऋण कार्यक्रम सँगसँगै उद्यमशिलतासमेत विकास गर्नुपर्छ भन्ने उद्देश्यका साथ २० जना उद्यम विकास अधिकृतहरुलाई परिचालन गरेको छ । उद्यम विकास अधिकृतहरुले लघुवित्त कार्यक्रममा आवद्ध सदस्यहरुको व्यवसायीकता पहिचान गर्ने, मागको आधारमा विषयगत तालिमहरु बाख्रापालन, कुखुरापालन, तरकारी खेती, गाई, भैंसीपालन, बंगुरपालन, मह उत्पादन, सामुहिक खेती साथै अन्य सिप विकास सम्बन्धी तालिम संचालन गर्ने, घरभेट तथा उपचार सेवा प्रदान गर्ने, व्यवसाय विस्तार गर्न आवश्यक योजना निर्माण गर्ने, परामर्श गर्ने तथा उत्पादनलाई बजारीकरण गर्ने कार्य गरिरहेका छन् ।
लघुवित्त संस्थाहरुले ऋण मात्र प्रदान गर्ने होइन उनीहरुलाई सिप प्रदान गरी व्यवसायीक बनाउन पर्छ र सदस्यहरुलाई व्यवसायीक उत्पादनमा संलग्न गराई ग्रामीण अर्थतन्त्र परिचालन गर्नुपर्छ भन्ने मुलभूत मान्यतालाई आत्मसात गरि प्राविधिक जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्राविधिक कर्मचारी परिचालन गरेको हो । प्राविधिक कर्मचारीहरुले सदस्यहरको घर घरमा पुगी सदस्यहरुको योजना निर्माण, आवश्यकता पहिचान, स्थानीय श्रोत तथा साधन परिचालन, तालिम प्रदान गर्ने, व्यवसायीक परामर्श प्रदान गर्ने तथा कृषिजन्य उत्पादन साथै पशुजन्य उत्पादन गर्न स्थानीय निकायसँग समन्वय गरि कार्य गरिरहेका छन् ।
उक्त कार्यक्रममा उद्यम विकास अधिकृतहरुसँग प्रगती समीक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम घोराही उपमहानगरपालिका वडा नंं १५, दाङमा सम्पन्न भयो । कार्यक्रममा प्रदेश नं. ५ का प्रमुख पवन योगी तथा उद्यम विकास कार्यक्रम संयोजक रमेश अधिकारीले प्रशिक्षण दिएका थिए ।



