Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विदेशी मुद्राको सञ्चिति सात अर्बले बढ्यो

२०७८ फाल्गुन २७ गते


बैंकिङ खबर/ विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको छ। राष्ट्र बैंकले शुक्रबार माघ महिनासम्मको आर्थिक विवरण सार्वजनिक गर्दै एक महिनामा सञ्चिति ७ अर्ब २२ करोड रुपैयाँले बढेको जनाएको छ । पुसमा ११ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ रहेको सञ्चिति ११ खर्ब ७३ अर्ब २ करोडमा उक्लिएको जनाएको छ।

राष्ट्र बैंकले विदेशी मुद्रा खर्च हुने आयातमा कडाइ गरेपछि सञ्चितिमा सुधार आएको हो। पुसमा १ खर्ब ६० अर्ब ९३ करोड आयातको तुलनामा माघमा एक खर्ब ४८ अर्ब १२ करोड मात्र भएको छ। यही कारण रेमिटेन्स घट्दासमेत विदेशी मुद्राको सञ्चितिमा सामान्य भए पनि सुधार भएको हो।

विदेशी मुद्राको सञ्चितिमा देखिएको सामान्य सुधारले आयात गर्नै क्षमतामा पनि केही वृद्धि भएको छ। पुसमा वस्तुको आयात गर्ने क्षमता ७।२ र वस्तु तथा सेवाकोमा ६।६ महिनाको रहेकोमा माघमा वस्तुको ७.४ र वस्तु तथा सेवाकोमा ६.७ महिनाकोमा उक्लिएको छ।

Ad