Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

नेप्सेमा खुल्यो जागिर, अधिकृतदेखि प्रबन्धकसम्म माग

२०७८ फाल्गुन २७ गते


बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले अधिकृतदेखि प्रबन्धकसम्म रोजगारी खुलाएको छ। शुक्रबार एक सूचना निकालेर नेप्सेले खुलातर्फ एक जना प्रबन्धक मागेको छ। साथै सहायक प्रबन्धक एक जना महिला माग गरेको छ।

खुलातर्फ एकेक जना वरिष्ठ अधिकृत र अधिकृत माग भएको छ। मधेशी र अपांगतर्फ एक/एक जना अधिकृत माग भएको सूचनामा उल्लेख छ।

इच्छुकले नेपाल स्टक एक्सचेन्ज पदपूर्ति समितिको सचिवालय भद्रकालीमा दरखास्त दिन सक्नेछन्। आठौंदेखि दसौं तहका लागि दुई हजार पाँच सय दस्तुर लाग्नेछ। सातौं तहका लागि दुई हजार र छैटौं तहका लागि एक हजार पाँच सय दस्तुर लाग्नेछ।