Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले बिहीबार १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने

२०७८ फाल्गुन २५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ। यस बैंकले भाेलि बिहीबार उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेकाे हाे।

तरलता अभाव टार्न रिपाे जारी गर्न लागेकाे राष्ट्र बैंकले जनाएकाे छ। १४ दिने अवधिका लागि बोलकबोल गर्न लागिएकाे उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउने बताइएकाे छ।

रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले भाेलि दिउँसो ३ बजेसम्म बिडिङ गर्नु पर्नेछ। यो रिपो चैत्र १० गते परिपक्क हुनेछ।

रिपो तथा रिभर्स रिपो राष्ट्र बैंकले छोटो समयका लागि बैंकिङ्ग प्रणालीमा तरलता प्रवाह गर्न तथा बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलतालाई प्रसोचन गर्न उपयोग गर्ने गर्दछ। यस अन्तर्गत तरलताको अवस्था अनुसार केन्द्रीय बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट अल्पकालिन सापटी दिने वा लिने कार्य गरि तरलताको व्यवस्थापन गर्ने कार्य गर्दछ।

बिहीबार जारी गर्न लागिएकाे रिपाेले अहिले भइरहेकाे तरलता अभावमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्र बैंककाे विश्वास छ।