Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

२० वटा निर्जीवन बीमा कम्पनीले ७ महिनामा उठाए साढे २१ अर्ब बीमा शुल्क (सूचीसहित)

२०७८ फाल्गुन २३ गते

बैंकिङ खबर/ चालू आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा निर्जीवन बीमा कम्पनीहरुले साढे २१ अर्बभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांक अनुसार सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले कुल २१ अर्ब ८१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन्। गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीले १७ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

सात महिनाको अवधिमा सबैभन्दा बढी कुल बीमा शुल्क शिखर इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । समितिका अनुसार यो कम्पनीले सो अवधिमा २ अर्ब ७६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । सबैभन्दा कम सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आर्जन गरको छ । यो कम्पनीले कुल ५२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

यस्तै युनाइटेड इन्स्योरेन्सले ९८ करोड ४३ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) ले १ अर्ब २३ करोड ८१ लाख रुपैयाँ, एभरेष्ट इन्स्योरेन्स कम्पनीले ७० करोड रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ७७ करोड ७५ लाख र सगरमाथा इन्स्योरेन्स कम्पनीले १ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरी, नेपाल इन्स्योरेन्स कम्पनीले ८८ करोड ९४ लाख, दि आरियन्टलले ८१ करोड ९५ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ७३ करोड ९१ लाख रुपैयाँ, नेशनल इ. कम्पनीले ५३ करोड २ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले ९८ करोड १९ लाख रुपैयाँ आर्जन गरेका छन् ।

प्रभु इन्स्योरेन्स कम्पनीले ९१ करोड १० लाख रुपैयाँ, आईएमई जनरल इन्स्योरेन्सले ९४ करोड ४१ लाख रुपैयाँ, प्रूडेसियल इन्स्योरेन्सले ७७ करोड ४९ लाख रुपैयाँ, लुम्बिनी इन्स्योरेन्सले ९० करोड १७ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ५२ करोड ५ लाख रुपैयाँ, जनरल इन्स्योरेन्स कम्पनीले ५४ करोड ६४ लाख रुपैयाँ र अजोड इन्स्योरेन्स कम्पनीले ९२ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

चालू आवको माघ महिनामा मात्र माथि उल्लेखित २० निर्जीवन कम्पनीहरुले कुल बीमा शुल्क २ अर्ब ७२ करोड ६६ लाख रुपैयाँ आर्जन गरका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार ती कम्पनीले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

माघ महिनामा पनि सबैभन्दा बढी शिखर इन्स्योरेन्सले ३२ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सबैभन्दा कम सानिमा जनरल इन्स्योरेन्सले ६ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।