Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्तको वित्तीय पुँजीकोष १४.०५ प्रतिशतले वृद्धि(पूर्णपाठसहित)

२०७८ फाल्गुन २३ गते


बैंकिङ खबर/ लघुवित्त वित्तीय संस्थाहरुको पुँजीकोषमा वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदनमा पुँजीकोषमा वृद्धि भएको पाइएको हो ।

लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन–२०७८ को निर्देशन नं.१ अनुसार लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो जोखिम भारित सम्पत्तिको आधारमा न्युनतम प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ४ प्रतिशत र ८ प्रतिशत कायम गर्नु पर्ने वैधानिक प्रावधान रहेको छ ।

अध्यययन अनुसार २०७८ पुस मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाहरुको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ११.२८ प्रतिशत र १२.४३ प्रतिशत रहेको छ ।

लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी २०७८ असार मसान्तको तुलनामा १६.५७ प्रतिशतले र जोखिम भारित सम्पति १५.६० प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी र जोखिम भारित सम्पत्ति क्रमशः ८.२६ प्रतिशत र २१.९५ प्रतिशतले बढेको थियो ।