Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गैर आवासीय नेपालीलाई बैंक खाता खोल्न थप सहज !

२०७८ फाल्गुन १९ गते


बैंकिङ खबर/ अब गैर आवासीय नेपालीलाई बैंक खाता खोल्न थप सहज हुने भएको छ । नेपाल राष्ट्र बैंकले गैर–आवासीय नेपालीका नाममा खाता खोल्दा तथा सञ्चालन गर्न सहजिकरण गर्ने नीति ल्याएको हो ।

बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका ‘ख’ वर्गका विकास बैंकहरु र अन्य निकायहरुलाई परिपत्र जारी गर्दै यस्तो सहजीकरण गरेको छ ।

बैंकले नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर–आवासीय नेपालीको अद्यावधिक परिचयपत्र, गैर–आवासीय नेपाली संघबाट जारी भएको अद्यावधिक परिचयपत्र र सम्बन्धित व्यक्तिको राहदानी (स्वेदशी वा विदेशी) हुनुपर्ने व्यवस्था गरेको छ ।

साबिकमा स्वयम् वा निजको बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रहीपछि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएको भए विदेशी राहदानी÷नागरिकता सहित त्यस्तो प्रमाणित हुने कागजात तथा उल्लिखित कुनै एक कागजातसहित नाता प्रमाणित हुने कागजातको आधारमा नाबालकको नाममा समेत यस्तो खाता खोल्न तथा सञ्चालन गर्न सकिने व्यवस्था गरेको छ ।

संस्थागत विदेशी निक्षेपकर्ता तथा गैर–आवासीय नेपालीहरूवाट न्यूनतम अमेरिकी डलर एक हजार वा सो बराबरको निक्षेप संकलन गर्न सकिने व्यवस्था गरेको छ ।

यस्तै गैर–आवासीय नेपालीको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर–आवासीय नेपालीको अद्यावधिक परिचयपत्र, गैर–आवासीय नेपाली संघवामारी भएको अद्यावधिक परिचयपत्र र सम्बन्धित व्यक्तिको राहदानी (स्वेदशी वा विदेशी) हुनुपर्ने व्यवस्था गरेको छ ।

Ad