
बैंकिङ खबर/ विगत २१ वर्षदेखि नेपाली जीवन बीमाक्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरि आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष सबैभन्दा ठूलो भएको छ । नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा कोष एक खर्ब २४ अर्ब ८३ करोडमाथि पुगेको छ । जुन जीवन बीमा कोषको २९.२४ प्रतिशत हिस्सा हुन आउँछ ।
यता एलआइसी नेपालको बीमा कोषको आकार ८६ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ, जुन जीवन बीमा कोषको १६.४९ प्रतिशतले हिस्सा हो । त्यस्तै नेशनल लाइफले बीमा कोषको आकार २४.२० प्रतिशलते बढाएर ४७ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ ।
नेपाल सरकारको ठुलो लगानी रहेको राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा ३८ अर्ब १४ करोड रुपैयाँ आकार सहित चौथो स्थानमा रहेको छ । यस्तै जीवन बीमा कोषमा एशियन लाइफको २९ अर्ब ३७ करोड, मेट लाइफको १९ अर्ब ६१ करोड, प्राइम लाइफको १६ अर्ब ६१ करोड, सूर्या लाइफको १२ अर्ब ५७ करोड र गुराँस लाइफको ११ अर्ब ४८ करोड रुपैयाँ छ ।यसरी जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफको जीवन बीमा कोष सबैभन्दा बढी हो ।
समग्रमा चालु आवको दोस्रो त्रैमासिक अवधिको अन्तिमसम्म आइपुग्दा जीवन बीमा कोषको आकारमा २४ प्रतिशतले वृद्धि भएर ४ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा जीवन बीमा कोष तीन खर्ब ४३ अर्ब ५९ करोड १९ लाखको आकारमा पुगेको थियो ।
नेपाल लाइफले समयसापेक्ष उत्कृष्ट किसिमका जीवन बीमा योजनाहरू ल्याएर थप लोकप्रियता कायम गरिरहेको छ । कम्पनीले केहि समयअघि मात्रै लोकप्रिय अग्रिम भुक्तानी तथा आजीवन विशेषता समाहित जीवन बीमा योजना मध्येको नेपाल लाइफ सदावहार जीवन बीमा योजना समेत ल्याइसकेको छ ।
आजको समयमा धेरैजसो व्यक्तिहरू आफूले गरेको लगानीको प्रतिफल कम समयमा प्राप्त गरि जिन्दगीभर ढुक्क रहन चाहन्छन् । सेवाग्राहीहरूको यही चाहना अनुसारको बीमा योजना जनसमक्ष प्रस्तुत गर्ने क्रममा यस कम्पनीले ‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ ल्याएको हो ।
प्रत्येक वर्ष बीमाङ्कको ५ प्रतिशतका दरले हुन आउने रकम बीमालेखको वार्षिकोत्सवमा भुक्तानी गर्नुको साथै आजीवन जोखिम बहन गर्नु र बीमा अवधिपश्चात पनि समर्पण मूल्य प्राप्त गर्नु, यस योजनाको मुख्य विशेषताको रुपमा रहेको छ ।
कम्पनीले यसअघि आफ्ना ग्राहकको हितलाई मध्यनजर गर्दै व्यतित बीमा लेख पुनर्जागरण गर्दा ब्याज छुट दिँदै आएको छ । कम्पनीले विभिन्न कारणले बीमा लेख नविकरणबाट छुटेका आफ्ना बीमितहरुलाई नविकरणमा ब्याज छुटको व्यवस्था गरेको गरेको थियो ।
यस कम्पनीले उपभोक्तालाई बीमा सुविधाका माध्यमबाट निश्चिन्तता प्रदान गर्दै बीमाप्रति थप आकर्षण बढाउने सोचका नयाँ तथा आकर्षक बीमा योजना सार्वजनिक गरिरहेको नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कं.लि.को जीवन सारथी बीमा योजनाले एउटै पोलिसी मार्फत दम्पतीको संयुक्त जीवन बीमा गर्न सकिने व्यवस्था समेत ल्याउँदै आएको छ । यस योजनाको सुन्दर पक्ष भन्नु नै श्रीमान, श्रीमती दुवैको संयुक्त नाममा एउटै बीमा पोलिसीभित्र दुवैको जीवन बीमा हुन सक्नु भएको कम्पनीले जनाएको छ ।
यस जीवन बीमा योजनाले दम्पतीको जोखिम बहन गर्ने हुनाले परिवारको भविष्य सुनिश्चित हुनेमा कम्पनीको विश्वास छ । विशेषतः शिक्षित तथा आय आर्जनमा संलग्न विवाहित दाम्पत्य जीवनलाई ध्यानमा राखी जीवन सारथी बीमा योजना तर्जुमा गरिएको कम्पनीले जानकारी दिएको छ ।
देशकै नं. १ बीमा कम्पनी
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमाका क्षेत्रमा देशकै नं. १ जीवन बीमा कम्पनी भएको दावी गर्दै आएको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्याममार्फत ‘नेपालकै नंं १’ अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै सो दावी गरेको हो ।
कम्पनीले प्रस्तुत गरेका तथ्य परक जानकारीहरुका अनुसार आ.व. २०७८÷०७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग रु. ११८.७६ अर्बको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, रु. ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी, रु. ७.१९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको छ । साथै अधिकांश सुचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीले जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले जनतामा जीवन बीमाको महत्वका बारे सचेतना जगाउने उद्देश्यका साथ पुस ६ गते देखि ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरिएको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले बताए ।
अभियानमार्फत कम्पनीलाई यस उचाईँ सम्म पु¥याउन उल्लेख्य सहयोग तथा सहकार्य पुर्याएका शेयरहोल्डर्स, कर्मचारी, अभिकर्ता लगायत प्रत्यक्ष–परोक्षरुपमा भूमिका खेल्नुहुने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवादका साथै कृतज्ञता ज्ञापन गर्नु पनि यसको उद्देश्य रहेको उनले जानकारी दिए ।
नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले भने, ‘स्थापना कालदेखि आजका मितिसम्म आई पुग्दा तपाइहरुको निरन्तर विश्वास र भरोसाका कारण हामी नेपालकै नं. १ जीवन बीमा कम्पनीका रुपमा स्थापित भएका हौं । त्यसैले, यसका लागि हामी हाम्रा समस्त आदर्णिय ग्राहक महानुभाव, शेयरहोल्डर्स, कर्मचारी, अभिकर्ता लगायत समग्र सरोकारवालाहरु प्रति कृतज्ञता ज्ञापन गर्न चाहान्छौँ ।’
कम्पनीको सफलताका बारेमा तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै जनता माझ जीवन बीमाका बारेमा सचेतना फैलाउने उद्देश्यका साथ पुस ६ गतेदेखि सञ्चालनमा ल्याइएको यस ‘नेपालकै नं. १’ अभियान मार्फत नेपाल लाइफका लागि ग्राहक महानुभाव तथा लक्षित वर्गको अझ धेरै विश्वास प्राप्त हुने कम्पनीको विश्वास छ ।
साथै योजना मार्फत कम्पनीले हात पारेको यो उचाइलाई भविष्यमा पनि निरन्तरता प्रदान गर्न उल्लेख्य सहयोग मिल्नेप्रति कम्पनी विश्वस्त रहेको नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले बताए ।




