Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान लघुवित्तका कर्मचारीलाई कर्जा तथा बचत परिचालन तालिम

२०७८ फाल्गुन १७ गते


बैंकिङ खबर/ निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड क्षेत्रीय कार्यालय अत्तरीयाले आफ्ना कर्मचारीका लागि दुई दिने कर्जा तथा बचत परिचालन तालिम दिएको छ ।

तालिममा संस्थाको सहायक महाप्रवन्धक राज नारायण दासले कर्जाको बारेमा, भाखा नाघेको कर्जाको बारेमा, कर्जा भाखा नाघ्दा संस्थालाई पर्ने असर, कर्मचारीलाई पर्न जाने असर तथा असल ग्राहक सदस्यलाई पर्न जाने असर को बारेमा सहभागीहरुलाई प्रष्ट पारेका थिए ।

यस्तै उनले कर्जा प्रवाह गर्दा ग्राहकको पहिचान, परियोजना विश्लेषण, पहिलाको कर्जा परिचालको अवस्था, कर्जा सदुपयोगीताको अवस्था, बचत को अवस्था, नगद प्रवाहको अवस्था, कर्जा सूचना र आम्दानीका अन्य श्रोतहरु लगायतका पक्षहरुको आधामा विश्लेषण गरि परियोजना अनुसारको कर्जा लगानी गर्न र गरिव सदस्यहरुको आय स्तर वृद्धिका लागी योगदान पुर्याउन सहभागीहरुलाई उत्प्रेरणा प्रदान गरेका थिए ।

संस्थाका तालिम विभागका बरिष्ठ व्यवस्थापक जग्य प्रसाद पन्तले संस्थाको बचत के हो ? बचतको महत्व, बजारिकरण र ग्राहक सेवा तथा बचतका सम्भावनाको बारेका चित्रसहित सहभागीहरु लाई प्रष्ट पारेका थिए ।

क्षेत्रीय कार्यालय अत्तरीयाका क्षेत्रीय प्रबन्धक गोकर्ण प्रसाद उपाध्याले क्षेत्रीय कार्यालय अत्तरीयाको हालको अवस्था र आगामी दिनका लागि लिइएको रणनीती बारेमा सहभागीलाई जानकारी गराउँदै शाखाले सो पुरा गर्नेमा आफु विश्वस्त रहेको जानकारी गराएका थिए ।

सो कार्यक्रममा शाखा कार्यालयहरुका लेखापाल, सहायक र कनिष्ट सहायक गरि करिव ४६ जना कर्मचारीको सहभागीता रहेको थियो । सहायक कर्मचारी बाट उत्कृष्ट कार्यसम्पादन गरे वापत होल प्लानेट संस्थाबाट पुरस्कार स्वरुप प्राप्त प्रमाण पत्र तथा नगद शाखा कार्यालय स्वास्थ्यचौकीका सहायक कर्मचारी दिव्यश्वर अवस्थीले प्राप्त गरेका थिए । उक्त कार्यक्रमको संचालन क्षेत्रीय कार्यालय अत्तरीयका कार्यक्रम अधिकृत बुद्धि प्रकाश घिमिरेले संचालन गरेका थिए ।