Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकिङ प्रणालीमा थपियो ४ अर्ब निक्षेप

२०७८ फाल्गुन १७ गते


बैंकिङ खबर/ बैंकिङ प्रणालीमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार फागुन १५ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप बढेर ४८ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन १३ गतेसम्म कुल ४८ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप थियो।

वाणिज्य बैंकहरुको निक्षेप पनि ५ अर्ब रुपैयाँले बढेर ४३ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो।

यही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले थप ३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन्। गत फागुन १३ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ८७ अर्ब रुपैयाँ रहेकोमा फागुन १५ गते बढेर ४६ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ।

वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँ बढेर फागुन १५ गतेसम्म ४१ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। गत फागुन १३ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ६१ अर्ब रुपैयाँ रहेको थियो।

फागुन १५ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो घटेर ९०.२९ प्रतिशतमा झरेको छ। गत फागुन १३ गतेसम्म औसत सीडी रेसियो ९.।३२ प्रतिशत थियो। यस्तै अन्तरबैंक ब्याजदर ६.९८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

Ad