Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

एनआईसी एशिया लघुवित्तद्वारा देशव्यापीरुपमा वित्तीय साक्षरताका लागि घरदैलो कार्यक्रम

२०७८ फाल्गुन १५ गते

बैंकिङ खबर/ एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि.ले देशव्यापीरुपमा वित्तीय साक्षरताका लागि घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले आफ्ना शाखा कार्यालयको कार्यक्षेत्रभित्र बसोबास गरिरहेका समुदायका मानिस, स्थानीय व्यापारी तथा विद्यार्थीहरुलाई लक्षित गरि वित्तीय साक्षरता जनचेतना कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा संस्थाका कर्मचारीहरुले समुदायमा मानिसहरु भेला गरेर, स्थानीय व्यापारीहरुको पसल तथा मानिस जमघट हुने स्थानहरुमा वित्तीय साक्षरताको महत्त्व, लघुवित्तका सेवा सुविधा, बचत, बीमा तथा कर्जाको महत्त्व, विप्रेषण, आम्दानी अनुसार बचत गर्ने बानिको विकास, बचतका प्रकार, डिजिटल बैंकिङ्ग, आवश्यकता अनुसार खर्च गर्ने बानिको विकास आदिका बारेमा जानकारी गराएका थिए ।

शनिबार विभिन्न शाखा कार्यालयहरुले देशव्यापीरुपमा गरिएको कार्यक्रममा करिब २ लाख मानिसहरु लाभान्वित भएको संस्थाले जनाएको छ ।

साथीसँगै, सबल बन्दै भन्ने मूल नाराका साथ देश भरि नै सेवा दिइरहेको संस्थाले, उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखि बैंक तथा वित्तीय संस्थाहरुको न्युन उपस्थिति रहेको दुर्गम जिल्लाहरु डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक, बझाङ, बाजुरा, अछाम, दार्चुला, मुगु तथा कालिकोट जस्ता दुर्गम जिल्लाहरुमा समेत शाखा विस्तार गरि वित्तीय पहुँच तथा वित्तीय साक्षरता, सामाजिक जनचेतना लगायतका विभिन्न कार्यक्रमहरुसमेत सञ्चालन गर्दै आएको छ ।