
बैंकिङ खबर/ मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीहरुको क्षमता अभिबृद्धिको अभियानलाई तिव्रता दिएको छ।
शनिबार संस्थाले पूर्वको फिदिम र पश्चिमको कोहलपुरमा कर्मचारीहरुलाई कार्य संचालन तथा जोखिम व्यवस्थापन तालिम दिएको छ। प्रदेश नं. १ अन्तर्गत फिदिम क्लस्टरका ९ वटा शाखाका २४ जना कर्मचारीहरुलाई पाँचथरको फिदिम स्थित अजिमा होटलमा संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी तथा सूचना प्रविधि विभागका मनिष श्रेष्ठले सहजिकरण गरेका थिए । कार्यक्रम संचालन क्लष्टर प्रमुख तिलक साउदले गरेका थिए।
त्यसैगरि कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश अन्तर्गतका ४० जना कर्मचारीहरुलाई कोहलपुरको होटल अतिथिमा चार्टड एकाण्न्टेन्ट यशोधन पाण्डे तथा संस्थाका सहायक कार्यकारी प्रमुख बिर्खबहादुर बोहराले सहजिकरण गरेका थिए।
सिए पाण्डेले कार्य संचालन तथा अनुपालनाको विषयमा सहजिकरण गरेका थिए भने सहायक कार्यकारी प्रमुख बिर्खबहादुर बोहराले कर्जा जोखिम व्यवस्थापन र क्षमता अभिबृद्धि सम्बन्धि सहजिकरण गरेका थिए। कार्यक्रम संचालन कर्णाली प्रदेश प्रमुख तर्कबहादुर रावलले गरेका थिए। सहभागी तथा सहजकर्ताहरुलाई सुदुरपश्चिम प्रदेश प्रमुख स्वयम्भू श्रेष्ठले स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए।
दुबै कार्यक्रममा क्लष्टर प्रमुखहरु तिलक साउद, मनोज ओली र भीम साउदले मातहतका शाखा कार्यालयहरुको अवस्था तथा भावी योजनाको बारेमा प्रस्तुतीकरणसमेत गरेका थिए।
संस्थाले निरन्तर कर्मचारीहरुको क्षमता अभिबृद्धिको लागि विभिन्न तालिमहरुको आयोजना गरिरहेको छ। बनेपा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप प्रादेशिक संरचनामा आफूलाई ढालिसकेको छ।
सातै प्रदेशमा संस्थाले प्रादेशिक प्रमुखहरु तथा क्लष्टर प्रमुखहरुको व्यवस्था गरि अनुगमन एवं कर्मचारीहरुको सिकाई पक्षलाई मजबुत बनाउँदै लगिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले बताए।




