
बैंकिङ खबर/ तरलता अभावका कारण बैंकहरुको खुद तरल सम्पत्ती (एनएलए) २० प्रतिशतभन्दा पनि कम हुन थालेको छ । बैंकहरुले चेक साट्न आउनेलाई भुक्तानी दिने प्रयोजनको लागि कम्तिमा २० प्रतिशत एनएलए राख्नुपर्छ ।
गत पुस मसान्तसम्ममा सरकारी लगानी पनि रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकको एनएलए औसतमा २४.६४ प्रतिशत छ । निजी लगानीका वाणिज्य बैंकहरुको औसत एनएलए २१.३३ प्रतिशत मात्रै छ ।
गत पुस मसान्तसम्ममा सबैभन्दा बढी एनएलए एभरेष्ट बैंकको छ भने सबैभन्दा कम कुमारी बैंकको छ । एभरेष्ट बैंकको एनएलए ३०.०६ प्रतिशत छ भने कुमारी बैंकको १६.२७ प्रतिशत छ ।
२७ वाणिज्य बैंकमध्ये हिमालयन १८.८६ , नेपाल एसबीआई बैंक १८.५५ , एनआईसी एसिया बैंक १८.९२ , माछापुच्छ्रे बैंक १९.४४ प्रतिशत, लक्ष्मी बैंकको १९ प्रतिशत र प्राइम कमर्सियल बैंकको १८.६२ प्रतिशत एनएलए २० प्रतिशतभन्दा कम देखिएको छ ।