Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पूर्वाधार विकास बैंकले उर्जा ऋणपत्र जारी गर्न सक्ने(पूर्णपाठसहित)

२०७८ फाल्गुन ११ गते


बैंकिङ खबर/ पूर्वाधार विकास बैंकले उर्जा ऋणपत्र जारी गरी उर्जा परियोजनामा लगानी गर्न सक्ने भएको छ । केन्द्रीय बैंकले बुधबार मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाको व्यवस्था कार्यान्वयनको लागि जारी गरेको निर्देशनमा पुर्वाधार विकास बैंकले पनि उर्जा ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको हो ।

उर्जा ऋणपत्र जारी गरी संकलन गरिएको रकमबाट लगानी गरिएको उर्जा परियोजनाको विवरण अध्यावधिक गर्नु पर्नेछ । यस्तै सञ्चित नोक्सानी बाँकी नरहेको र साधारण सेयर जारी गरी धितोपत्र विनियम बजारमा सूचीकृत भइसकेको पूर्वाधार विकास बैंकले बढीमा आफ्नो प्राथमिक पुँजीको शत प्रतिशतसम्मको डिबेञ्चर-अन्य ऋण उपकरण राष्ट्र बैंकको स्वीकृति लिएर जारी गर्न सक्नेछन्।

पुर्वाधार विकास बैंकले ऋणपत्र जारी गर्दा नै पुँजी कोषको अङ्गको रुपमा रहने वा स्रोत परिचालनमा गणना हुने व्यहोरा स्पष्ट रुपमा खुलाउनु पर्नेछ । यसअघि जारी गरिएका वा राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी जारी हुने प्रक्रियामा रहेका ऋणपत्रलाई सोही बमोजिम छुट्याउनुपर्नेछ । एकपटक ऋणपत्रको वर्गीकरण गरेपछि पुनःपरिवर्तन गर्न पाइने छैन ।

हेर्नुहोस् पूर्णपाठ